Logo

Oct 21 2026 | २०८३, कात्तिक ५गते

images

सिद्धार्थ बैंकका ग्राहकलाई जर्मन होम्स् प्रालिमा १० प्रतिशत छुट

सिद्धार्थ बैंकका ग्राहकलाई जर्मन होम्स् प्रालिमा १० प्रतिशत छुट

अर्थ प्लस
सिद्धार्थ बैंकका ग्राहकलाई जर्मन होम्स् प्रालिमा १० प्रतिशत छुट

काठमाडौं- सिद्धार्थ बैंक र जर्मन होम्स् प्रा. लि. बिच बैंकका ग्राहक महानुभावहरुलाई विभिन्न सेवामा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ ।  

सम्झौता अनुसार बालकोट, भक्तपुरस्थित जर्मन होम्स्मा बैंकका ग्राहकहरूले बैंकको कार्ड वा मोबाइल बैंकिङ प्रयोग गरीे भुक्तानी गर्दा १०% सम्मको छुट प्राप्त गर्न सक्नुहुनेछ । यस सम्झौताले ग्राहकहरुलार्ई छुटको सुविधा उपलब्ध गराउनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारमा जान पनि उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ ।

यस समन्वयको बारेमा थप जानकारीका लागि बैंकको २४ सै घण्टा सञ्चालनमा रहने गा्रहक सेवा केन्द्र, ‘सिद्धार्थ केयर’को फोन ०१–५९७००२० र इमेल customercare@sbl.com.np मा सम्पर्क गर्न सकिने जनाइएको छ ।  

सम्बन्धित समाचार