Logo

Oct 21 2026 | २०८३, कात्तिक ५गते

images

राष्ट्र बैंकको नयाँ निर्देशन: नपाएको ब्याजलाई नाफा रूपमा देखाउन नपाइने

राष्ट्र बैंकको नयाँ निर्देशन: नपाएको ब्याजलाई नाफा रूपमा देखाउन नपाइने

अर्थ प्लस
राष्ट्र बैंकको नयाँ निर्देशन: नपाएको ब्याजलाई नाफा रूपमा देखाउन नपाइने

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले सबै बैंक र वित्तीय संस्थालाई नपाएको ब्याज रकमलाई नाफा रूपमा देखाउन नपाइने निर्देशन दिएको छ।

बैंक तथा वित्तीय संस्था नियमन विभागले शुक्रबार जारी गरेको सूचनामा भनिएको छ कि आ.व. २०८२/८३ को पहिलो त्रैमासमा लेखा परीक्षण गर्दा असोज मसान्तसम्म वास्तवमै प्राप्त नभएको ब्याज रकमलाई नाफा आम्दानीमा देखाउन पाइने छैन। यस्तो ब्याज रकमलाई “प्राप्त हुन बाँकी ब्याज” (Interest Receivable) भनेर मात्र राख्नुपर्ने राष्ट्र बैंकले जनाएको छ।

राष्ट्र बैंकका अनुसार, सो रकमलाई नाफा बाँडफाँट, बोनस, सञ्चालक भत्ता वा सामाजिक उत्तरदायित्व कोषका लागि प्रयोग गर्न पनि मिल्दैन। यस्तो रकमलाई ‘सञ्चित नाफा’ (Retained Earning) अन्तर्गत मात्र देखाउनुपर्ने जनाएको छ।

त्यसैगरी, सबै ‘क’, ‘ख’, ‘ग’ र ‘घ’ वर्गका बैंक तथा वित्तीय संस्थाले पहिलो त्रैमासको वित्तीय विवरण यही कार्तिक २१ गतेभित्र राष्ट्र बैंकमा पेश गर्नुपर्ने पनि सूचनामा उल्लेख गरिएको छ।

राष्ट्र बैंकले समयमै विवरण नबुझाउने र निर्देशनको पालना नगर्ने संस्थाहरूमाथि आवश्यक कारबाही हुने चेतावनी पनि दिएको छ।

960-NRB11.png

सम्बन्धित समाचार