Logo

Oct 21 2026 | २०८३, कात्तिक ५गते

images

एनआईसी एशिया बैंकका ग्राहकहरूलाई मकवानपुरमा रहेको ओम अध्याय रिट्रिटमा विशेष छुट

एनआईसी एशिया बैंकका ग्राहकहरूलाई मकवानपुरमा रहेको ओम अध्याय रिट्रिटमा विशेष छुट

अर्थ प्लस
एनआईसी एशिया बैंकका ग्राहकहरूलाई मकवानपुरमा रहेको ओम अध्याय रिट्रिटमा विशेष छुट

काठमाडौँ । एनआईसी एशिया बैंकका ग्राहकहरूलाई ओम अध्याय रिट्रिटमा विशेष छुट उपलब्ध गराउने भएको छ । बैंकले आफ्ना ग्राहकहरूलाई थाहा, मकवानपुरमा रहेको उक्त ओम अध्याय रिट्रिटमा सेवा लिई डिजिटल भुक्तानी गर्दा १५ प्रतिशतसम्म छुट सुविधा दिलाउन उक्त रिसोर्टसँग सम्झौता गरेको हो ।

ग्राहकहरूले सो रिसोर्टमा सेवा लिँदा रिसोर्ट प्याकेजमा १५ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नुहुनेछ भने खाना तथा पेयपदार्थमा १० प्रतिशत छुट सुविधा उपयोग गर्न सक्नेछन् ।

यस सुविधाको उपयोग गर्न ग्राहकहरूले यस बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड वा प्रिपेड कार्ड प्रयोग गरी वा मोबैंक एपमार्फत भुक्तानी गर्नुपर्ने छ । उक्त रिसोर्टसँगको यस सहकार्यले ग्राहकहरूलाई छुट सुविधा उपलब्ध हुनुको साथै, मुलुकको डिजिटल भुक्तानी सेवालाई प्रवर्द्धन गरी नगदरहित कारोबारमा सहयोग पुग्ने बैंकले विश्वास रहेको बैंकले जनाएको छ । 

सम्बन्धित समाचार