Logo

Oct 21 2026 | २०८३, कात्तिक ५गते

images

नेपाल एसबिआई बैंकको अध्यक्ष बने वेंकट वंसीधर कुंचा, गर्भनर पौडेलले गराए सपथ ग्रहण

नेपाल एसबिआई बैंकको अध्यक्ष बने वेंकट वंसीधर कुंचा, गर्भनर पौडेलले गराए सपथ ग्रहण

अर्थ प्लस
नेपाल एसबिआई बैंकको अध्यक्ष बने वेंकट वंसीधर कुंचा, गर्भनर पौडेलले गराए सपथ ग्रहण

काठमाडौँ । नेपाल एसबिआई बैंक लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा वेंकट वंसीधर कुंचा चयन भएका छन् । बैंकको शुक्रबार बसेको ५३६औँ बैठकले स्टेट बैंक अफ इण्डियालाई प्रतिनिधित्व गरी आएका सञ्चालक कुंचालाई बैंक सञ्चालक समितीको अध्यक्षमा सर्वसम्मतिबाट चयन गरिएको हो ।

अध्यक्ष वेंकट वंसीधर कुंचा, एस.बी.आई.को मुम्बई स्थित प्रधान कार्यालयको अन्तर्राष्ट्रिय बैंकिङ्ग समूहमा मुख्य महाप्रबन्धकको पदमा कार्यरत छन् । उनले एस.बी.आई. को २९ देशमा विस्तारित अन्तर्राष्ट्रिय व्यवसायसँग सम्बन्धित मामिला हेर्छन् ।

नेपाल राष्ट्र बैंकका गर्भनर प्रा.डा. विश्वनाथ पौडेलले बैंकका नवनियुक्त सञ्चालक समितीका अध्यक्ष  वेंकट वंसीधर कुंचालाई नेपाल राष्ट्र बैंक, केन्द्रीय कार्यालय, बालुवाटारमा आज आयोजित एक समारोहबीच पद तथा गोपनीयताको शपथ ग्रहण गराए ।

सपथ ग्रहण कार्यक्रममा नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनरद्वय डा. नीलम ढुङ्गाना तिम्सीना र बम बहादुर मिश्र, कार्यकारी निर्देशक गुरु प्रसाद पौडेल, का.मु. कार्यकारी निर्देशक राजन विक्रम थापा, निर्देशकहरु राजेन्द्र भट्टराई,  ईश्वरी प्रसाद भट्टराई र शरण कुमार अधिकारी तथा नेपाल एसबिआई बैंकका सञ्चालकहरू रितेश सिन्हा, भरतराज वस्ती, अप्सरा उप्रेती र डा. गोपाल प्रसाद भट्ट एवं बैंकका प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत राम कुमार तिवारी, नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख सञ्चालन अधिकृत विकास आनन्द, प्रमुख वित्तीय अधिकृत राजेश कुमार पंडा तथा बैंकका कम्पनी सचिव खगेश्वर भट्टलगायतको उपस्थिती रहेको थियो ।

सम्बन्धित समाचार