काठमाडौं, चैत २१ । विश्वका सबैभन्दा धनी फ्रेन्च अर्बपति बर्नार्ड आर्नोल्डको सम्पत्ति ६ गुनाभन्दा बढि बढेको छ ।बर्नार्ड एक दशकमा २३३ अर्ब अमेरिकी डलरको सम्पत्तिसहित विश्वको सबैभन्दा धनी ब्यक्ति भएका छन् । सन् २०१५ मा ३७ अर्ब अमेरिकी डलर सम्पत्ति भएका उनको १० वर्षको अवधिमा २३३ अर्ब अमेरिकी डलरको मालिक बन्नपुगेका छन् ।
फोर्ब्सका अनुसार विश्वका सबैभन्दा धनी फ्रेन्च अर्बपति बर्नार्ड आर्नोल्डको सम्पत्ति २२३ बिलियन अमेरिकी डलर रहेको छ । फेसन तथा कस्मेटिक ब्रान्ड,नेटफ्क्सि तथा टिकटकको माउ कम्पनी बाइट डान्स लगानी गरेका छन् ।
फोर्ब्सका अनुसार १ हजार ७६४ औं नम्बरमा परेका नेपालको एकमात्र डलर अर्बपति विनोद चौधरी । उनको सम्पत्ति १.८ बिलियन अमेरिकी डलर छ । भने १० वर्षमा चौधरीको सम्पत्ति दोब्बर पनि हुन सकेन, २०१५ मा चौधरीको सम्पत्ति १.३ अर्ब अमेरिकी डलर थियो भने सन् २०२४ मा १.८ अर्ब अमेरिकी डलर पुगेको छ ।
चौधरीको सबैभन्दा ठूलो सम्पत्ति नेपालको नबिल बैंक र लोकप्रिय वाइ वाइ चाउचाउको निर्माता सीजी फुड्सको हिस्सेदारी हो । वाइ वाइ भारत, सर्बिया र बंगलादेशमा पनि उत्पादन हुन्छ भने इजिप्टमा नयाँ वाइ वाइको नयाँ कारखाना निर्माण भइरहेको छ । सीजीले आफनै स्वामित्वमा तथा व्यवस्थापनमा कूल १४३ होटलहरू पनि संचालन गर्दछ ।
विश्वका अर्बपतिहरु पहिलेभन्दा झन् धेरै धनी भएका छन् । सन् २०२३ भन्दा २० खर्ब अमेरिकी डलर बढि कमाएर उनीहरुले किर्तिमान कायम गरेका हुन् ।अघिल्लो वर्षको तुलनामा यस वर्ष १४१ जना अर्बपति थपिएर विश्वमा २,७८१ डलर अर्बपतिहरू बनेका छन् ।
विश्वका डलर अर्बपतिको सूचीमा रहेका दुई तिहाइ सदस्यहरूको सम्पत्ति गत वर्षभन्दा बढ्दा एक चौथाइको घटेको छ । तर, चौधरीको सम्पत्ति गतवर्षको दाँजोमा स्थीर रहेको पनि फोब्र्सले उल्लेख गरेको छ ।
