Logo

Oct 21 2026 | २०८३, कात्तिक ५गते

images

एनआईसी एसिया बैंकका सीईओ शाक्यले सम्हाले कार्यभार

एनआईसी एसिया बैंकका सीईओ शाक्यले सम्हाले कार्यभार

अर्थ प्लस
एनआईसी एसिया बैंकका सीईओ शाक्यले सम्हाले कार्यभार

काठमाडौं । एनआईसी एसिया बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुजितकुमार शाक्यले कार्यभार सम्हालेका छन् । शाक्यले बिहीबारदेखि नै कार्यभार समालेको बैंकले जनाएको छ ।

गत सोमबार बसेको एनआईसी एसिया बैंक सञ्चालक समितिको बैठकले शाक्यलाई चारवर्षे कार्यकालका लागि सीईओ नियुक्त गरेको थियो ।

नबिल बैंकको सिनियर डेपुटी प्रमुख कार्यकारी अधिकृत (सीडीसीईओ)का रूपमा कार्यरत रहँदै एनआईसी एसियाले उनलाई सीईओ नियुक्त गरेको थियो । सोही दिन उनले नबिलको सीडीसीईओबाट राजीनामा दिएका थिए ।

नबिलको सञ्चालक समिति बैठकले उनको राजीनामा स्वीकृत गरेपछि बिहीबारदेखि कार्यभार समालेका हुन् ।

सम्बन्धित समाचार