काठमाडौं, चैत २२ । नेपाल राष्ट्र बैङ्कका अनुसार आज बिहीबार अमेरिकी डलर, अष्ट्रेलियन डलरदेखि युरोपियन युरोसम्मको भाउ बढेको छ । बुधबार एकको खरिदमा १३३ रुपैयाँ १२ पैसा र बिक्रीमा १३३ रुपैयाँ ७२ पैसा तोकिएको अमेरिकी डलरको भाउ बढेर आज खरिदमा १३३ रुपैयाँ २० पैसा र बिक्रीमा २० पैसा र बिक्रीमा १३३ रुपैयाँ ८० पैसा पुगेको छ ।
यसैगरी, युरोपियन युरो एकको खरिद मूल्य १४३ रुपैयाँ ६० पैसा र बिक्री मूल्य १४४ रुपैयाँ २४ पैसा पुगेको छ । यसअघि युरो एकको खरिदमा १४३ रुपैयाँ ०४ पैसा र बिक्री मूल्य १४३ रुपैयाँ ६८ पैसा तोकिएको थियो ।
आज अष्ट्रेलियन डलरको भाउ पनि बढेको छ । यसअघि एकको खरिद दर ८६ रुपैयाँ ५४ पैसा र बिक्री दर ८६ रुपैयाँ ९३ पैसा तोकिएको अष्ट्रेलियन डलरको खरिद मूल्य ८६ रुपैयाँ ७८ पैसा र बिक्री मूल्य ८७ रुपैयाँ १७ पैसा तोकिएको थियो ।
जापानिज युआन एकको खरिदमा ८ रुपैयाँ ७८ पैसा र बिक्रीमा ८ रुपैयाँ ८२ पैसा, साउदी अरेवियन रियाल एकको खरिद दर ३५ रुपैयाँ ५१ पैसा र बिक्रीमा ३५ रुपैयाँ ६७ पैसा निर्धारण गरिएको छ ।
यसैगरी, कतारी रियाल एकको खरिदमा ३६ रुपैयाँ ५३ पैसा र बिक्रीमा ३६ रुपैयाँ ४३ पैसा, युएई दिरहम एकको खरिद मूल्य ३६ रुपैयाँ २७ पैसा र बिक्री मूल्य ३६ रुपैयाँ ४३ पैसा, मलेसियन रिंग्गेट एकको खरिद मूल्य २८ रुपैयाँ ०१ पैसा र बिक्री मूल्य २८ रुपैयाँ १४ पैसा र साउथ कोरियन वन १०० को खरिद दर ९ रुपैयाँ ८७ पैसा र बिक्री दर ९ रुपैयाँ ९१ पैसा तोकिएको छ ।
विस्तृत तालिकामा हेर्नुस्

