Logo

Oct 21 2026 | २०८३, कात्तिक ५गते

images

प्रभु बैंकको मुनाफा ५५ करोड ८४ लाख मात्रै, खुद ब्याज आम्दानी बढ्यो

प्रभु बैंकको मुनाफा ५५ करोड ८४ लाख मात्रै, खुद ब्याज आम्दानी बढ्यो

अर्थ प्लस
प्रभु बैंकको मुनाफा ५५ करोड ८४ लाख मात्रै, खुद ब्याज आम्दानी बढ्यो

काठमाडौं। प्रभु बैंकले चालू आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरण प्रकाशित गरेको छ। विवरणअनुसार बैंकको मुनाफा ५५ करोड ८४ लाख ८३ हजार रुपैयाँ रहेको छ। 

बैंकको मुनाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४६.३३ प्रतिशतले घटेको हो। गत आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकले यस्तो मुनाफा १ अर्ब ४ करोड ६ लाख कमाएको थियो ।

त्रैमासिक अवधिमा बैंकको खुद ब्याज आम्दानीमा सुधार हुँदा १०.१४ प्रतिशतले बढेर २ अर्ब ८९ करोड ५२ लाख ७६ हजार रुपैयाँ पुगेको छ ।

गत आर्थिक वर्षको सोही अवधिमा यस्तो आम्दानी २ अर्ब ६२ करोड ८६ लाख रुपैयाँ थियो। बैंकको सञ्चालन नाफा १ अर्ब १७ करोड २० लाख रुपैयाँ छ, जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १६.५१ प्रतिशतले कम हो। 

गत आर्थिक वर्षको सोही अवधिमा बैंकको सञ्चालन नाफा १ अर्ब ४ करोड ३९ लाख थियो। हाल २३ अर्ब ५४ करोड २४ लाख रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा १४ अर्ब ५५ करोड ६० लाख सञ्चित छ। बैंकको वितरणयोग्य नाफा भने बढेको छ। 

प्रतिसेयर आम्दानी ९.४९ रुपैयाँ र प्रतिसेयर नेटवर्थ १६३.५५ रुपैयाँ छ रहेको बैंकको खराब कर्जा ४.९४ प्रतिशतबाट बढेर ५.७८ प्रतिशत पुगेको वित्तीय विवरणमा उल्लेख छ।

सम्बन्धित समाचार