Logo

Oct 21 2026 | २०८३, कात्तिक ५गते

images

स्ट्यान्डर्ड चार्टर्ड बैंकको नाफा १९% ले घट्दा अन्य सूचकहरू कस्तो देखिए ?

स्ट्यान्डर्ड चार्टर्ड बैंकको नाफा १९% ले घट्दा अन्य सूचकहरू कस्तो देखिए ?

अर्थ प्लस
स्ट्यान्डर्ड चार्टर्ड बैंकको नाफा १९% ले घट्दा अन्य सूचकहरू कस्तो देखिए ?

स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालले चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो त्रैमासिकसम्म १९ प्रतिशतले नाफा घटाएको छ। बैंकको अपरिष्कृत वित्तीय विवरणअनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा नाफा १९.७२ प्रतिशतले घटेको हो।

समीक्षा अवधिमा बैंकले ६९ करोड २१ लाख रुपैयाँ खुद नाफा कमाएको छ। गत वर्षको सोही अवधिमा यो रकम ८६ करोड २२ लाख रुपैयाँ थियो। खुद ब्याज आम्दानी ८.३६ प्रतिशतले घटेर १ अर्ब ७ करोड २४ लाख रुपैयाँमा झरेको छ भने सञ्चालन नाफा १९.६८ प्रतिशतले घटेर ९८ करोड ९३ लाख रुपैयाँमा सीमित भएको छ। यी दुवैको असरले बैंकको कुल नाफामा कमी आएको हो।

१० अर्ब ४ करोड २३ लाख रुपैयाँ चुक्ता पुँजी भएको यस बैंकले असोज मसान्तसम्म १ खर्ब २९ अर्ब ६२ करोड ७२ लाख रुपैयाँ निक्षेप संकलन गरेको छ भने ७० अर्ब ११ करोड ७९ लाख रुपैयाँ कर्जा वितरण गरेको छ। बैंकको वितरणयोग्य नाफा २ अर्ब ४१ करोड १० लाख रुपैयाँ रहेको छ र लाभांश वितरण क्षमता प्रतिसेयर ३६.४० रुपैयाँ छ।

खराब कर्जा अनुपात गत वर्षको १.९५ प्रतिशतबाट घटेर १.७१ प्रतिशतमा झरेको छ। प्रतिसेयर आम्दानी (EPS) २७.५७ रुपैयाँ र प्रतिसेयर नेटवर्थ ६१३ रुपैयाँ कायम भएको छ।

सम्बन्धित समाचार