Logo

Oct 21 2026 | २०८३, कात्तिक ५गते

images

सिद्धार्थ बैंकको नाफा १५ प्रतिशतले घट्यो, निष्क्रिय कर्जामा सुधार

सिद्धार्थ बैंकको नाफा १५ प्रतिशतले घट्यो, निष्क्रिय कर्जामा सुधार

अर्थ प्लस
सिद्धार्थ बैंकको नाफा १५ प्रतिशतले घट्यो, निष्क्रिय कर्जामा सुधार

काठमाडौं- चालु आर्थिक वर्षको पहिलो त्रैमासमा सिद्धार्थ बैंकको खुद नाफा १५ प्रतिशत घटेको छ । यस अवधिमा बैंकको खुद नाफा ३२ करोड ४० लाख रुपैयाँ छ ।

गत आर्थिक वर्षको यसै अवधिमा बैंकको खुद नाफा ३८ करोड २० लाख रुपैयाँ थियो । बैंकको लोन लस प्रोभिजन बढ्दा नाफामा असर परेको हो । यस्तो रकम गत आवमा १ अर्ब रुपैयाँ रहेकोमा अहिले १ अर्ब ३८ करोड छ ।

बैंकको खुद ब्याज आम्दानी भने बढेको छ । यस्तो आम्दानी गत आवमा २ अर्ब ८ करोड रुपैयाँ रहेकोमा अहिले २ अर्ब १६ करोड रुपैयाँ छ । 

बैंकले निष्क्रिय कर्जामा केही सुधार गरेको छ । गत वर्षको असोज मसान्तसम्म निष्क्रिय कर्जाको अंश ३.९१ प्रतिशत रहेकोमा यो असोज मसान्तसम्म ३.८० प्रतिशत छ ।

यस अवधिमा बैंकको वितरणयोग्य नाफा १ अर्ब ६१ करोड रुपैयाँ छ । प्रतिसेयर वितरणयोग्य नाफा ११.४७ रुपैयाँ छ । 

सम्बन्धित समाचार