Logo

Oct 20 2026 | २०८३, कात्तिक ४गते

images

चार विद्युत् आयोजनामा १ खर्ब लगानी स्वीकृत, कुन आयोजनामा कति ?

चार विद्युत् आयोजनामा १ खर्ब लगानी स्वीकृत, कुन आयोजनामा कति ?

अर्थ प्लस
चार विद्युत् आयोजनामा १ खर्ब लगानी स्वीकृत, कुन आयोजनामा कति ?

काठमाडौं, चैत २३ । लगानी बोर्डले विभिन्न चार विद्युत् आयोजनाको लागि १ खर्ब रुपैयाँ बराबरको लगानी स्वीकृत गरेको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा बिहीबार बसेको बोर्डको ५७औँ बैठकले विभिन्न आयोजनाका लागि ९९ अर्ब २० करोड रुपैयाँ बराबरको लगानी स्वीकृत गरेको हो ।

उक्त बैठकले १ सय ६६ मेगावाटको सुपर तमोर जलविद्युत् आयोजनाको ३४ अर्ब ५९ करोड रुपैयाँको लगानी स्वीकृत गरेको छ भने १ सय ४२ मेगावाटको अपर मोदी जलविद्युत् आयोजनामा १० अर्ब ८ करोड रुपैयाँ बराबर लगानी स्वीकृत भएको छ । 

यसैगरी साइमन सोलार इनर्जीले पनि लगानी स्वीकृति पाएको छ । २ सय ५० मेगावाटको  लागि साइमन सोलारको २१ अर्ब १० करोड बराबर लगानी स्वीकृति भएको हो ।

त्यस्तै, १ सय ३९ मेगावाटको लोअर मनाङ मर्स्याङ्दी जलविद्युत् आयोजनाका लागि ३३ अर्ब ४१ करोड रुपैयाँ बराबरको लगानी स्वीकृत भएको बोर्डले जनाएको छ ।

सम्बन्धित समाचार