Logo

Jul 31 2026 | २०८३, साउन १५गते

images

वाइडबडी भ्रष्टाचार प्रकरण:इन्भेष्टमेन्ट मेगा बैंकका सञ्चालक विरुद्ध मुद्धा दायर

वाइडबडी भ्रष्टाचार प्रकरण:इन्भेष्टमेन्ट मेगा बैंकका सञ्चालक विरुद्ध मुद्धा दायर

अर्थ प्लस
वाइडबडी भ्रष्टाचार प्रकरण:इन्भेष्टमेन्ट मेगा बैंकका सञ्चालक विरुद्ध मुद्धा दायर

काठमाडौं, चैत २३ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपालले वायुसेवा निगमको वाइडबडी भ्रष्टाचार प्रकरणमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका सञ्चालक मुक्तिराम पाण्डे विरुद्ध पनि मुद्धा दायर गरेको छ  ।

तत्कालीन सञ्चालक समितिका सदस्य पाण्डेले समितिमा रहँदा निगमका अन्य कर्मचारीहरुसँगको मिलेमतोमा सार्वजनिक खरिद ऐन, २०६३ को दफा ३ बमोजिम सो ऐनले व्यवस्थित गरेका कार्यविधि विपरीत रहेको नेपाल वायुसेवा निगम आर्थिक विनियमावली २०६५ को विनियम २३६ संशोसन नगरी सार्वजनिक खरिद ऐन २०६३ ले निर्धारण गरेको कार्यविधि र सो अनुरुपको स्ट्याण्डर्ड बिडिङ डकुमेन्ट विपरीतको रिक्वेष्ट फर प्रपोजल डकुमेन्ट स्वीकृत गराई संस्थालाई आर्थिक नोक्सानी पुर्याएको आरोपपत्रमा उल्लेख गरिएको छ । 

निगमको वाइडबडी ए ३३० नामक दुईवटा जहाज किन्दा डेढ अर्ब रुपैयाँ भ्रष्टाचार गरेको भन्दै २४ जना नेपालीविरुद्ध मुद्दा दायर गरेको छ । अख्तियारले २४ नेपाली र ८ विदेशी गरि ३२ जनाविरुद्ध बिहीबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

सम्बन्धित समाचार