Logo

Jul 31 2026 | २०८३, साउन १५गते

images

आज सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ?

आज सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ?

अर्थ प्लस
आज सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं, चैत २३ । नेपाली बजारमा शुक्रबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन तोलामा १ हजार ३०० रुपैयाँले घटेको हो ।

महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ३२ हजार ७०० रुपैयाँ र तेजाबी सुन १ लाख ३२ हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार छापावाल सुन प्रतितोला १ लाख ३४ हजार रुपैयाँमा र तेजाबी सुन १ लाख ३३ हजार ३५० रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी तोलामा ५३ रुपैयाँले घटेर तोलाको १ हजार ६१५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । बिहीबार चाँदी प्रतितोला १ हजार ६५० रुपैयाँमा कारोबार भएको थियो ।

सम्बन्धित समाचार