Logo

Oct 21 2026 | २०८३, कात्तिक ५गते

images

कुमारी बैंकले लाभांश वितरण नगर्ने

कुमारी बैंकले लाभांश वितरण नगर्ने

अर्थ प्लस
कुमारी बैंकले लाभांश वितरण नगर्ने

काठमाडौं- कुमारी बैंक लिमिटेडको कात्तिक २६ गते बुधबार दिउँसो बसेको सञ्चालक समितिको बैठकले लाभांश नबाँड्ने निर्णय गरेको छ।

बैठकले गत आर्थिक वर्षको वित्तीय विवरण पारित गरी सोको स्वीकृतिका लागि नेपाल राष्ट्र बैंक समक्ष पेश गर्ने र सेयरधनीहरूलाई कुनै पनि लाभांश वितरण नगर्ने निर्णय भएको हो।

बैंकको हाल २६ अर्ब २२ करोड ५८ लाख ६१ हजार रुपैयाँ चुक्ता पूँजी रहेको छ। 

बैंकको वार्षिक साधारणसभा, बुक क्लोज लगायतको मिति भने तय भएको छैन।

सम्बन्धित समाचार