Logo

Oct 21 2026 | २०८३, कात्तिक ५गते

images

बैंकिङ क्षेत्रमा निक्षेप संकलन २.१८ खर्बले वृद्धि, कर्जा प्रवाह १.५ प्रतिशतले बढ्यो

बैंकिङ क्षेत्रमा निक्षेप संकलन २.१८ खर्बले वृद्धि, कर्जा प्रवाह १.५ प्रतिशतले बढ्यो

अर्थ प्लस
बैंकिङ क्षेत्रमा निक्षेप संकलन २.१८ खर्बले वृद्धि, कर्जा प्रवाह १.५ प्रतिशतले बढ्यो

काठमाण्डौ । चालु आर्थिक वर्ष २०८२/८३ को असोज मसान्तसम्म बैंक तथा वित्तीय संस्थाहरूमा निक्षेप ३.० प्रतिशतले वृद्धि भएको छ । पहिलो त्रैमासमा निक्षेप संकलन २ खर्ब १८ अर्ब ७२ करोडले बढेर कुल ७४ खर्ब ८२ अर्ब ५९ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा निक्षेप २.६ प्रतिशत (१ खर्ब ७० अर्ब) ले बढेको थियो ।

वार्षिक बिन्दुगत आधारमा २०८२ असोज मसान्तमा कुल निक्षेपमा चल्ती, बचत र मुद्दती निक्षेपको अंश क्रमशः ६.४ प्रतिशत, ३८.७ प्रतिशत र ४६.४ प्रतिशत रहेको छ । अघिल्लो वर्ष सोही अवधिमा यी अंश क्रमशः ५.४ प्रतिशत, ३२.७ प्रतिशत र ५४.८ प्रतिशत थिए । यस अवधिमा निक्षेप १३.० प्रतिशतले बढेको छ ।

२०८२ असोज मसान्तमा कुल निक्षेपमा संस्थागत निक्षेपको अंश ३५.३ प्रतिशत छ, जुन २०८१ असोज मसान्तमा ३५.८ प्रतिशत थियो ।

कर्जा प्रवाह

समीक्षा अवधिमा निजी क्षेत्रतर्फ कर्जा प्रवाह १.५ प्रतिशत (८२ अर्ब ९३ करोड) ले बढेर ५५ खर्ब ८० अर्ब ६४ करोड पुगेको छ । अघिल्लो वर्ष सोही अवधिमा कर्जा २.५ प्रतिशत (१ खर्ब २८ अर्ब ६५ करोड) ले बढेको थियो ।

वार्षिक बिन्दुगत आधारमा २०८२ असोज मसान्तमा निजी क्षेत्रतर्फ कर्जा ७.३ प्रतिशतले बढेको छ । यसमा गैर–वित्तीय संस्थागत क्षेत्रको अंश ६२.८ प्रतिशत र व्यक्तिगत तथा घरपरिवार क्षेत्रको अंश ३७.२ प्रतिशत छ । अघिल्लो वर्ष यी अंश क्रमशः ६४.० प्रतिशत र ३६.० प्रतिशत थिए ।

समीक्षा अवधिमा वाणिज्य बैंकहरूको कर्जा १.६ प्रतिशत, विकास बैंकहरूको ०.५ प्रतिशत र वित्त कम्पनीहरूको १.६ प्रतिशतले बढेको छ ।

बैंक तथा वित्तीय संस्थाहरूको लगानीमा रहेको कर्जामध्ये चालु सम्पत्ति (कृषि तथा गैर–कृषिजन्य) को सुरक्षणमा १५.० प्रतिशत र घरजग्गा धितोमा ६४.३ प्रतिशत छ । अघिल्लो वर्ष यी अंश क्रमशः १३.४ प्रतिशत र ६५.८ प्रतिशत थिए ।

आर्थिक वर्ष २०८२/८३ को तीन महिनामा विभिन्न क्षेत्रतर्फको कर्जा वृद्धि निम्नानुसार छः  

- निर्माण क्षेत्र : २.९ प्रतिशत  
- यातायात, सञ्चार तथा सार्वजनिक सेवा : २.४ प्रतिशत  
- औद्योगिक उत्पादन : २.४ प्रतिशत  
- उपभोग्य : १.६ प्रतिशत  
- थोक तथा खुद्रा व्यापार : १.४ प्रतिशत  
- सेवा उद्योग : ०.३ प्रतिशतले घटेको  

कर्जाको प्रकारअनुसारः  

- रियल स्टेट कर्जा (व्यक्तिगत आवासीय घर कर्जासमेत) : ३.२ प्रतिशत बढेको  
- मार्जिन प्रकृतिको कर्जा : ३.० प्रतिशत  
- क्यास क्रेडिट कर्जा : २.७ प्रतिशत  
- आवधिक कर्जा : ०.७ प्रतिशत  
- हायर पर्चेज कर्जा : ०.६ प्रतिशत  
- ट्रष्ट रिसिट (आयात) कर्जा : ४.३ प्रतिशत घटेको  
- अधिविकर्ष कर्जा : ३.३ प्रतिशत घटेको

सम्बन्धित समाचार