Logo

Jul 31 2026 | २०८३, साउन १५गते

images

सुनको मूल्यले फेरी कायम गर्यो नयाँ रेकर्ड, कति पुग्यो तोालाको ?

सुनको मूल्यले फेरी कायम गर्यो नयाँ रेकर्ड, कति पुग्यो तोालाको ?

अर्थ प्लस
सुनको मूल्यले फेरी कायम गर्यो नयाँ रेकर्ड, कति पुग्यो तोालाको ?

काठमाडौं, चैत २५  । सुनको मूल्यले साताको पहिलो कारोबार दिन फेरी नयाँ रेकर्ड कायम गरेको छ । शुक्रबार प्रतितोला १ लाख ३२ हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज तोलामा २९ सय रुपैयाँले बढेर प्रति तोला १ लाख ३५ हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको छ। यो हालसम्मकै उच्च हो । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार तेजावी सुन प्रतितोला १ लाख ३४ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार तेजावी सुन प्रतितोला १ लाख ३२ हजार ५० रुपैयाँमा कारोबार भएको थियो । यस्तै, आइतबार चाँदी प्रतितोला १ हजार ६७० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार चाँदी प्रतितोला १ हजार ६१५ रुपैयाँमा कारोबार भएको थियो ।

सम्बन्धित समाचार