Logo

Oct 21 2026 | २०८३, कात्तिक ५गते

images

१० बैंकले घटाए मंसिरका लागि निक्षेप ब्याजदर, कुनको कति?

१० बैंकले घटाए मंसिरका लागि निक्षेप ब्याजदर, कुनको कति?

अर्थ प्लस
१० बैंकले घटाए मंसिरका लागि निक्षेप ब्याजदर, कुनको कति?

काठमाण्डौ । वाणिज्य बैंकहरूले मंसिर महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । २० वटा वाणिज्य बैंकमध्ये १० वटाले व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर घटाएका छन् भने १० वटाले यथावत् राखेका छन् ।

मंसिरमा व्यक्तिगत मुद्दती निक्षेपको औसत ब्याजदर ५.०४ प्रतिशत कायम भएको छ । कात्तिकमा यो दर ५.२० प्रतिशत थियो ।

**मंसिर महिनाका लागि बैंकहरूको ब्याजदर विवरण :**

**एनआईसी एशिया बैंक**  
बैंकले व्यक्तिगत तथा संस्थागत मुद्दती निक्षेप दुवैको ब्याजदर घटाएको छ । व्यक्तिगततर्फ अधिकतम ५ प्रतिशत र संस्थागततर्फ अधिकतम ४ प्रतिशत कायम गरेको छ । कात्तिकमा व्यक्तिगततर्फ ५.७५ प्रतिशत र संस्थागततर्फ ४.५ प्रतिशत थियो ।

**नेपाल बैंक लिमिटेड**  
व्यक्तिगत तथा संस्थागत दुवैको ब्याजदर स्थिर । व्यक्तिगततर्फ अधिकतम ५.२५ प्रतिशत र संस्थागततर्फ ३.२५ प्रतिशत ।

**प्रभु बैंक**  
दुवैतर्फको ब्याजदर यथावत् । व्यक्तिगततर्फ अधिकतम ४.९५ प्रतिशत र संस्थागततर्फ २.७५ प्रतिशत ।

**एभरेष्ट बैंक**  
दुवैतर्फको ब्याजदरमा परिवर्तन छैन । व्यक्तिगततर्फ अधिकतम ५ प्रतिशत र संस्थागततर्फ ४ प्रतिशत ।

**सिटिजन्स बैंक इन्टरनेशनल**  
व्यक्तिगततर्फ घटायो, संस्थागततर्फ स्थिर । व्यक्तिगततर्फ अधिकतम ४.७५ प्रतिशत र संस्थागततर्फ ३ प्रतिशत । कात्तिकमा व्यक्तिगततर्फ ५ प्रतिशत थियो ।

**राष्ट्रिय वाणिज्य बैंक**  
दुवैतर्फ स्थिर । व्यक्तिगततर्फ अधिकतम ५.५ प्रतिशत र संस्थागततर्फ ४ प्रतिशत ।

**सानिमा बैंक**  
दुवैतर्फ घटायो । व्यक्तिगततर्फ अधिकतम ५ प्रतिशत र संस्थागततर्फ ३.३ प्रतिशत । कात्तिकमा व्यक्तिगततर्फ ५.१४ प्रतिशत र संस्थागततर्फ ३.४ प्रतिशत थियो ।

**प्राइम कमर्सियल बैंक**  
व्यक्तिगततर्फ घटायो, संस्थागततर्फ स्थिर । व्यक्तिगततर्फ अधिकतम ४.७५ प्रतिशत र संस्थागततर्फ २.७५ प्रतिशत । कात्तिकमा व्यक्तिगततर्फ ५ प्रतिशत थियो ।

**नेपाल एसबीआई बैंक**  
दुवैतर्फ घटायो । व्यक्तिगततर्फ अधिकतम ४.८ प्रतिशत र संस्थागततर्फ ३.८ प्रतिशत । कात्तिकमा व्यक्तिगततर्फ ५ प्रतिशत र संस्थागततर्फ ४ प्रतिशत थियो ।

**ग्लोबल आइएमई बैंक**  
दुवैतर्फ स्थिर । व्यक्तिगततर्फ अधिकतम ६ प्रतिशत र संस्थागततर्फ ४.२५ प्रतिशत ।

**सिद्धार्थ बैंक**  
व्यक्तिगततर्फ घटायो, संस्थागततर्फ स्थिर । व्यक्तिगततर्फ अधिकतम ५ प्रतिशत र संस्थागततर्फ ४ प्रतिशत । कात्तिकमा ५.५ प्रतिशत थियो ।

**एनएमबी बैंक**  
दुवैतर्फ स्थिर । व्यक्तिगततर्फ अधिकतम ५ प्रतिशत र संस्थागततर्फ ४ प्रतिशत ।

**हिमालयन बैंक**  
दुवैतर्फ घटायो । व्यक्तिगततर्फ अधिकतम ५.५ प्रतिशत र संस्थागततर्फ ४.२५ प्रतिशत । कात्तिकमा व्यक्तिगततर्फ ६ प्रतिशत र संस्थागततर्फ ४.५ प्रतिशत थियो ।

**कृषि विकास बैंक**  
दुवैतर्फ स्थिर । व्यक्तिगततर्फ अधिकतम ४.९५ प्रतिशत र संस्थागततर्फ २.७५ प्रतिशत ।

**माछापुच्छ्रे बैंक**  
दुवैतर्फ स्थिर । व्यक्तिगततर्फ अधिकतम ५ प्रतिशत र संस्थागततर्फ ३ प्रतिशत ।

**कुमारी बैंक**  
व्यक्तिगततर्फ घटायो, संस्थागततर्फ स्थिर । व्यक्तिगततर्फ अधिकतम ४.९१ प्रतिशत र संस्थागततर्फ ४.०१ प्रतिशत । कात्तिकमा व्यक्तिगततर्फ ५.०१ प्रतिशत थियो ।

**स्ट्याण्डर्ड चाटर्ड बैंक**  
व्यक्तिगततर्फ घटायो, संस्थागततर्फ स्थिर । व्यक्तिगततर्फ अधिकतम ४.७ प्रतिशत र संस्थागततर्फ २.७५ प्रतिशत । कात्तिकमा व्यक्तिगततर्फ ५ प्रतिशत थियो ।

**नेपाल इन्भेस्टमेन्ट मेगा बैंक**  
व्यक्तिगततर्फ स्थिर, संस्थागततर्फ घटायो । व्यक्तिगततर्फ अधिकतम ५ प्रतिशत र संस्थागततर्फ ४ प्रतिशत । कात्तिकमा संस्थागततर्फ ४.२५ प्रतिशत थियो ।

**लक्ष्मी सनराइज बैंक**  
दुवैतर्फ स्थिर । व्यक्तिगततर्फ अधिकतम ५ प्रतिशत र संस्थागततर्फ ४ प्रतिशत ।

**नबिल बैंक**  
दुवैतर्फ घटायो । व्यक्तिगततर्फ अधिकतम ४.७५ प्रतिशत र संस्थागततर्फ ३.७५ प्रतिशत । कात्तिकमा व्यक्तिगततर्फ ४.९५ प्रतिशत र संस्थागततर्फ ३.९२ प्रतिशत थियो ।

सम्बन्धित समाचार