Logo

Oct 21 2026 | २०८३, कात्तिक ५गते

images

उपदान तथा पेन्सन कोषमा रहेको ३ अर्ब ५३ करोड लगानी गर्दै राष्ट्र बैंक, तोकिएका सर्तहरू के हुन् ?

उपदान तथा पेन्सन कोषमा रहेको ३ अर्ब ५३ करोड लगानी गर्दै राष्ट्र बैंक, तोकिएका सर्तहरू के हुन् ?

अर्थ प्लस
उपदान तथा पेन्सन कोषमा रहेको ३ अर्ब ५३ करोड लगानी गर्दै राष्ट्र बैंक, तोकिएका सर्तहरू के हुन् ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आफ्नो कर्मचारी उपदान तथा पेन्सन कोषमा रहेको रु. ३ अर्ब ५३ करोड एक वर्ष अवधिको मुद्दती निक्षेपका रूपमा बैंक तथा वित्तीय संस्थामा लगानी गर्ने भएको छ।

लगानीको वितरण निम्नानुसार हुनेछ :  
- ‘क’ वर्गका वाणिज्य बैंकहरूमा : रु. २ अर्ब ८२ करोड  
- ‘ख’ वर्गका राष्ट्रियस्तरका विकास बैंकहरूमा : रु. ५२ करोड ९५ लाख  
- ‘ग’ वर्गका राष्ट्रियस्तरका वित्त कम्पनीहरूमा : रु. १७ करोड ६५ लाख  

यो निक्षेप २३ नोभेम्बर २०२५ देखि २३ नोभेम्बर २०२६ सम्म (कुल ३६६ दिन) का लागि हुनेछ।

लगानी प्राप्त गर्न तोकिएका मुख्य सर्तहरू : 
- संस्था सञ्चालनमा आएको कम्तीमा २ वर्ष पूरा भएको  
- नेपाल राष्ट्र बैंकले तोकेको न्यूनतम पुँजीकोष कायम गरेको  
- कुल निष्क्रिय कर्जा (NPL) ५ प्रतिशतभन्दा कम रहेको  
- खुद तरल सम्पत्ति तोकिएको न्यूनतम सीमाभित्र रहेको  
- कर्जा–निक्षेप अनुपात (CD Ratio) निर्धारित सीमाभित्र रहेको  
- अघिल्लो आर्थिक वर्षमा खुद मुनाफामा रहेको  
- कुनै पनि सञ्चालक वा प्रमुख कार्यकारी अधिकृत (CEO) माथि राष्ट्र बैंकबाट जरिबाना भएको भए जरिबाना तिरेको मितिले ६ महिना पूरा भएको वा उक्त व्यक्ति पदमा नरहेको  
- शीघ्र सुधारात्मक कारबाहीमा परेको भए फुकुवा भएको कम्तीमा ६ महिना पूरा भएको  
- समस्याग्रस्त घोषणा नभएको वा भएको भए फुकुवा भएको ६ महिना पूरा भएको  
- सर्वसाधारणमा सेयर (IPO/FPO) जारी गरिसकेको  

इच्छुक बैंक तथा वित्तीय संस्थाले आफूले लिन चाहेको रकम र प्रस्तावित ब्याजदरसहित यही कात्तिक ४ गते (२०८२ साँझ ७ बजेभित्र नेपाल राष्ट्र बैंकमा आवेदन पेश गर्नुपर्नेछ।

(स्रोत : नेपाल राष्ट्र बैंक / न्यूज एजेन्सी नेपाल)

सम्बन्धित समाचार