Logo

Jul 31 2026 | २०८३, साउन १५गते

images

भोलि सार्वजनिक बिदा, साझसम्म निर्णय हुने

भोलि सार्वजनिक बिदा, साझसम्म निर्णय हुने

अर्थ प्लस
भोलि सार्वजनिक बिदा, साझसम्म निर्णय हुने

काठमाडौं, चैत २८ । सरकारले भोलि सार्वजनिक बिदा दिने भएको छ । इस्लाम धर्मावलम्बीहरुको इद उल फित्रको अवसरमा सरकारले भोलि सार्वजनिक विदा दिन लागेको हो ।

मुस्लिम आयोगको सिफारिसमा मन्त्रीपरिषद्को स्वीकृतिले बिदा दिने प्रचलन रहेको छ । आयोगले बिहीबारलाई बिदाको लागि सरकारलाई सिफारिस गरेको छ । मुस्लिम आयोगका अध्यक्ष समिम मियाँले भोलि चन्द्रमा देखिने भएकोले भोलिको बिदाको लागि आज सिफारिस पत्र पठाउने बताएका छन् ।

गृहमन्त्रालयले आयोगको सिफारिस आएपछि सार्वजनिक बिदा दिने बताएको छ । सार्बजनिक बिदा भएसँगै भोलि बैंक, बीमा, नेप्से लगायत अन्य सम्पूर्ण प्रशासनिक क्षेत्र बन्द रहने भएको छ ।

सम्बन्धित समाचार