Logo

Oct 22 2026 | २०८३, कात्तिक ६गते

images

एनआरएन इन्साइडर ट्रेडिङ प्रकरणमा सेबोनको कडाइपूर्ण छानबिन, ‘सम्बद्ध कोही पनि दण्डबाट उम्किन सक्दैन’

एनआरएन इन्साइडर ट्रेडिङ प्रकरणमा सेबोनको कडाइपूर्ण छानबिन, ‘सम्बद्ध कोही पनि दण्डबाट उम्किन सक्दैन’

अर्थ प्लस
एनआरएन इन्साइडर ट्रेडिङ प्रकरणमा सेबोनको कडाइपूर्ण छानबिन, ‘सम्बद्ध कोही पनि दण्डबाट उम्किन सक्दैन’

काठमाण्डौ । एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट लिमिटेड (एनआरएनको सेयर मूल्यमा भएको अस्वाभाविक उतारचढाव र सम्भावित इन्साइडर ट्रेडिङको विषयमा नेपाल धितोपत्र बोर्ड (सेबोन) ले गम्भीर छानबिन थालेको छ।

सेबोन अध्यक्ष सन्तोषनारायण श्रेष्ठले सुपरीवेक्षण विभागका उच्च अधिकारीहरूसँग विस्तृत ब्रिफिङ लिएका छन्। प्राप्त प्रारम्भिक डेटा र प्रमाणहरू निकै गम्भीर प्रकृतिका देखिएपछि उनले “यो प्रकरणमा संलग्न जो–कोहीलाई पनि नछाड्ने” स्पष्ट निर्देशन दिएका छन्।

अध्यक्ष श्रेष्ठले इन्साइडर ट्रेडिङ, सर्कुलर ट्रेडिङ र योजनाबद्ध रूपमा सर्वसाधारण लगानीकर्तालाई फसाउने गिरोहविरुद्ध कडा कारबाही गर्ने आफ्नो पुरानो अडानलाई एनआरएन प्रकरणमा अझ कडाइका साथ लागू गर्न जोड दिएका छन्। सेबोन स्रोतका अनुसार सोमबारदेखि छानबिनलाई थप तीव्र बनाइएको छ। यस क्रममा :

- यसअघि प्राप्त सबै डेटा र प्रमाणको पुनःजाँच (रि–भेरिफिकेसन)
- नयाँ नयाँ प्रमाण संकलन
- प्रकरणमा प्रत्यक्ष–परोक्ष जोडिएका व्यक्ति, उनीहरूका नजिकका आफन्त र सम्बन्धित ब्रोकरहरूको विगतको कारोबार इतिहासको गहिरो विश्लेषण भइरहेको छ।

nrn.jpg

स्रोतले दाबी गरेको छः एनआरएनका सञ्चालक समिति अध्यक्ष सीताराम थपलियाको संलग्नता पुष्टि गर्ने केही ठोस प्रमाण बोर्डसँग आइसकेको छ भने थप आधार जुटाएर कडा कारबाहीको तयारी भइरहेको छ। यसबाहेक यो प्रकरणमा संलग्न ब्रोकरहरू, ठूला सेयर खेलाडी र अन्य सम्बन्धित पक्षको पनि एक–एक कारोबार खोतलिने भएको छ।

सेबोनका उच्च अधिकारीको भनाइ उद्धृत गर्दै स्रोतले भनेको छ, “यो पटक कोही पनि उम्किन पाउने छैनन्। बजार बिगार्ने र सर्वसाधारणको रगत–पसिना लुट्ने गिरोहलाई जसरी पनि कानुनी कठघरामा ल्याइनेछ।”

1763304050-VJjBk.jpg

सम्बन्धित समाचार :

सीताराम थपलियालाई एनआरएनको सूचना चुहाएको र ब्रोकर ट्रेडिङ रुम दुरुपयोग गरेको आरोप

सम्बन्धित समाचार