Logo

Jul 30 2026 | २०८३, साउन १४गते

images
समाचार

सन २०२४ मा विश्वव्यापी बेरोजगारी अझ खराब हुने, पारिश्रमिक मुद्रास्फीतिसँग तालमेल राख्न असफल

सन २०२४ मा विश्वव्यापी बेरोजगारी अझ खराब हुने, पारिश्रमिक मुद्रास्फीतिसँग तालमेल राख्न असफल

सन २०२४ मा विश्वव्यापी बेरोजगारी अझ खराब हुने, पारिश्रमिक मुद्रास्फीतिसँग तालमेल राख्न असफल

काठमाडौं , पुस २९। हालको बेरोजगारी र रोजगारी अन्तर दर महामारी पूर्वको स्तरबाट अलिकति घटेको छ, तर विश्वव्यापी बेरोजगारी दर अझै बढ्ने सम्भावना रहेको संयुक्त राष्ट्रसंघको श्रम निकाय अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ) को नयाँ विश्लेषणले देखाएको छ ।

आइएलओले सन् २०२३ मा विश्वव्यापी वृद्धि अपेक्षित भन्दा थोरै बढी भएको र श्रम बजारले आश्चर्यजनक लचिलोपन देखाएको बताएको छ । यद्यपि, आईएलओले धेरैजसो जी–२० देशहरूमा ज्याला वृद्धि मुद्रास्फीतिसँग तालमेल राख्न असफल भएकाले वास्तविक ज्याला घटेको बताएको । सन् २०२२ मा विश्वव्यापी बेरोजगारी दर ५.३ प्रतिशत थियो, जुन गत वर्ष केही सुधार भएर ५.१ प्रतिशतमा पुगेको छ । यसबाहेक सन् २०२३ मा विश्वव्यापीस्तरमा रोजगारमूलक कामको अन्तर र श्रम बजारमा सहभागिता दरमा पनि सुधार भएको छ ।

तर, आइएलओको अध्ययनअनुसार सन् २०२४ मा श्रम बजारको अवस्था र बेरोजगारी झन् खराब हुने सम्भावना छ । यो वर्ष थप २० लाख कामदार कामको खोजीमा रोजगार बजारमा आउनेछन् । जसका कारण यो वर्ष विश्वव्यापी बेरोजगारी दर ५.१ प्रतिशतबाट बढेर ५.२ प्रतिशत पुग्ने छ । राष्ट्रसंघीय निकायले जी–२० समूहका अधिकांश देशहरूमा डिस्पोजेबल आम्दानी घटेको र निरन्तर मुद्रास्फीतिका कारण जीवनस्तरमा आएको गिरावटले छिट्टै सुधार नहुने बताएको छ ।

श्रम बजारको असन्तुलन बढ्यो

आइएलओले सन् २०२४ को लागि आफ्नो विश्व रोजगार र सामाजिक दृष्टिकोण प्रवृति प्रतिवेदनमा बढ्दो असमानता र सुस्त उत्पादकता चिन्ताको कारण भएको बताएको छ । अध्ययनले बेरोजगारी, रोजगारी सृजना, श्रम शक्तिको सहभागिता र काम गर्ने घण्टासहित हालको श्रम बजार प्रवृतिहरूको मूल्याङ्कन गरेको र त्यसपछि तिनीहरूलाई तिनीहरूको सामाजिक परिणामहरूसँग जोडेको छ ।

आइएलओका प्रमुख गिल्बर्ट हाउङ्बोका अनुसार प्रतिवेदनले केही तथ्यांकहरू विशेष गरी वृद्धि र बेरोजगारीमा ‘उत्साहजनक’ रहेको फेला पारेको छ । हाउङ्बाले थपे, ‘तर नजिकको विश्लेषणले देखाउँछ कि श्रम बजारको असन्तुलन बढ्दै गएको छ, बहुविध र अन्तरसम्बन्धित विश्वव्यापी संकटको सन्दर्भमा बृहत्तर सामाजिक न्यायतर्फको प्रगतिलाई कमजोर बनाउँदैछ ।’ प्रतिवेदनले २०२३ सम्म चीन, रूस र मेक्सिकोले मात्र ‘सकारात्मक वास्तविक ज्याला वृद्धिको आनन्द उठाएको’ फेला पारेको छ । अन्य जी–२० देशहरूमा वास्तविक ज्याला घटेको छ, सबैभन्दा तीव्र गिरावट ब्राजिल (६.९ प्रतिशत), इटाली (५ प्रतिशत) र इन्डोनेसिया (३.५प्रतिशत) मा देखिएको छ । 

सम्बन्धित समाचार