Logo

Jul 30 2026 | २०८३, साउन १४गते

images

सन नेपालको ‘सुनौलो बाल समृद्ध जीवन बीमा’मा अभिभावकबीच किन बढ्दैछ आकर्षण ?

सन नेपालको ‘सुनौलो बाल समृद्ध जीवन बीमा’मा अभिभावकबीच किन बढ्दैछ आकर्षण ?

अर्थ प्लस
सन नेपालको ‘सुनौलो बाल समृद्ध जीवन बीमा’मा अभिभावकबीच किन बढ्दैछ आकर्षण ?

काठमाडौं – बढ्दो आर्थिक अनिश्चितता, उच्च शिक्षाखर्च र स्वास्थ्य जोखिमहरूका कारण अभिभावकहरू आफ्ना सन्तानको भविष्यलाई लिएर पहिलेभन्दा धेरै सचेत बनेका छन्। यस्तो अवस्थामा सन नेपाल लाइफ इन्स्योरेन्सको ‘सुनौलो बाल समृद्ध जीवन बीमा योजना’ छोटो समयमै अभिभावकहरूको सबैभन्दा बढी रुचाइएको योजना बन्न सफल भएको छ। यो योजनाले सुरक्षित बचत, दीर्घकालीन सुरक्षा र आकस्मिक जोखिमबाट पूर्ण संरक्षण प्रदान गर्ने भएकाले अभिभावकहरूको पहिलो रोजाइ बन्दै गएको हो।

यो बालकेन्द्रित योजना बच्चाको नाममा जारी हुन्छ। बीमा सुरु भएको दुई वर्षपछि वा बच्चा ६ वर्ष पुगेपछि जोखिम कभर आफैं सक्रिय हुन्छ। १० वर्षपछि अभिभावक र २० वर्षपछि बच्चालाई पूर्ण बीमांक बराबरको सुरक्षा प्राप्त हुन्छ। यदि बीमाबाहक अभिभावकलाई केही भएमा कम्पनीले बाँकी सबै प्रिमियम आफैं तिरिदिन्छ, योजनामा कुनै अवरोध आउँदैन र बीमा अवधि सकिँदासम्म बच्चालाई प्रत्येक महिना बीमांकको २ प्रतिशतका दरले आम्दानी पनि उपलब्ध गराउँछ। बच्चालाई केही भएमा (जोखिम कभर सक्रिय भएपछि) अभिभावकले बीमांकको २५ प्रतिशत तत्काल राहत रकम, बोनस तथा तिरेको प्रिमियम फिर्ता पाउँछन्।

बीमा अवधि पूरा हुँदा बच्चाले मूल बीमांक र जम्मा भएको बोनससहितको ठूलो रकम एकमुष्ट प्राप्त गर्छ, जसले उच्च शिक्षा, विदेश अध्ययन, व्यवसाय सुरुवात वा करियर निर्माणमा ठोस आधार प्रदान गर्छ। न्यून अतिरिक्त शुल्कमा दुर्घटना मृत्यु लाभ (५० प्रतिशतसम्म थप रकम) र १८ प्रकारका गम्भीर रोगहरूको कभरेज पनि जोड्न सकिन्छ।

बचत र सुरक्षा दुवैको संयोजन, अभिभावकको अनुपस्थितिमा पनि योजनाको निरन्तरता तथा भविष्यका ठूला खर्चहरू सहज बनाउने यो संरचनाले अभिभावकहरूलाई आर्थिक र मनोवैज्ञानिक दुवै हिसाबले बलियो सुरक्षा प्रदान गर्छ। आजको अनिश्चित समयमा बच्चाको उज्ज्वल भविष्य सुनिश्चित गर्न ‘सुनौलो बाल समृद्ध जीवन बीमा योजना’ सबैभन्दा विश्वसनीय, दीगो र विवेकपूर्ण लगानीको रूपमा स्थापित भएको छ।

सम्बन्धित समाचार