Logo

Oct 21 2026 | २०८३, कात्तिक ५गते

images

अरेबिका तथा क्याफियोफिलिया कफीमा महालक्ष्मी विकास बैंकको ग्राहकहरुलाई विशेष छुट

अरेबिका तथा क्याफियोफिलिया कफीमा महालक्ष्मी विकास बैंकको ग्राहकहरुलाई विशेष छुट

अर्थ प्लस
अरेबिका तथा क्याफियोफिलिया कफीमा महालक्ष्मी विकास बैंकको ग्राहकहरुलाई विशेष छुट

महालक्ष्मी विकास बैंक लिमिटेडले कफी पारखी ग्राहकहरूलाई थप आकर्षण प्रदान गर्ने उद्देश्यले अरेबिका कफी र क्याफियोफिलिया कफी (भैंसेपाटी) सँग विशेष छुट सम्बन्धी सम्झौता गरेको छ।

यो सम्झौताअनुसार बैंकका डेबिट कार्ड, क्रेडिट कार्ड वा मोबाइल बैंकिङ सेवा प्रयोगकर्ता ग्राहकवृन्दले निम्न सुविधाहरू प्राप्त गर्न सक्नुहुनेछ:

अरेबिका कफीका सबै आउटलेटहरूमा  (दरबारमार्ग, बौद्ध, बानेश्वर, राधे–राधे भक्तपुर, युन पार्क ललितपुर, मानभवन, कालीमाटी, बुढानिलकण्ठ र भैंसेपाटी ललितपुर)

  • कफी तथा अन्य तातो पेय पदार्थमा १०% छुट
  • इटालियन खानामा १५% सम्म छुट

क्याफियोफिलिया कफी, भैंसेपाटीमा  

  • बेकरी आइटम बाहेकका सबै सेवामा १०% सम्म छुट

बैंकले यस्ता सहकार्यहरूबाट आफ्ना डेबिट/क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ प्रयोगकर्ता ग्राहकहरूलाई दैनिक जीवनमा थप सुविधा र बचतको अवसर प्रदान हुने विश्वास लिएको छ।

यसैबीच बैंकले हालै थप नयाँ सुविधा पनि सार्वजनिक गरेको छ:  

अब महालक्ष्मी विकास बैंकको क्रेडिट कार्डवाहक ग्राहकहरूले विभिन्न ट्राभल एजेन्सीहरूबाट टुर प्याकेज खरिद गर्दा सो रकमलाई **६ देखि १२ महिनासम्मको लचिलो किस्ताबन्दीमा परिवर्तन** गर्न सक्नुहुनेछ। यसले यात्रा योजना बनाउन र भुक्तानी व्यवस्थापन गर्न थप सहजता प्रदान गर्नेछ।

महालक्ष्मी विकास बैंकले यस्ता ग्राहकमैत्री योजनाहरूमार्फत आफ्ना सेवाग्राहीहरूलाई निरन्तर मूल्यवान सुविधा प्रदान गर्दै जाने प्रतिबद्धता जनाएको छ।

सम्बन्धित समाचार