Logo

Oct 20 2026 | २०८३, कात्तिक ४गते

images

नेपालमा स्कोडाको ब्राण्डकै कम मूल्यको एसयूभी बिक्री सुरु हुने

नेपालमा स्कोडाको ब्राण्डकै कम मूल्यको एसयूभी बिक्री सुरु हुने

अर्थ प्लस
नेपालमा स्कोडाको ब्राण्डकै कम मूल्यको एसयूभी बिक्री सुरु हुने

काठमाडौं- स्कोडाको सब फोर मिटर एसयूभी काइल्याक नेपालमा बिक्री सुरु हुने भएको छ । 

भारतमा उत्पादन भएको ब्राण्डकै कम मूल्यको एसयूभी स्कोडाको आधिकारीक बिक्रेता स्कोडा एमएडब्लू क्यारियरले बिक्री सुरु गर्ने भएको हो ।

स्कोडाले भारतमा जनवरी २०२५ बाट बिक्री सुरु गरेको काइल्याक निकै आकर्षक डिजाइनमा उपलब्ध मोडल हो । स्कोडाको ‘मोर्डन सोलिड डिजाइन ल्याङ्वेज’मा तयार भएको काइल्याकको अगाडि प्रयोग भएको लाइट र ग्रिलको ‘कम्बीनेसन’ उत्कृष्ट लाग्छ ।

भारतमा बनेका अन्य प्रतिस्पर्धी मारुती सुजुकी ब्रेजा, महिन्द्रा थ्रीएक्सओ, हुन्डाई भेन्यू, किया सोनेट र निसान म्याग्नाइट जस्तै यसको लम्बाइ ३९९५ एमएम छ । यसमा २५६६ एमएम लामो ह्वीलबेस पाउन सकिन्छ ।

यसमा १८९ एमएम अग्लो ग्राउण्ड क्लियरेन्स छ । अझ बलियो पक्ष यसमा १७ इन्चको ह्वील पाउन सकिन्छ । काइल्याकमा दिएको रुफरेल र क्लाइडिङले एसयूभी लुक्स प्रदान गरेको छ ।

काइल्याकको ड्यासबोर्ड कुशक एसयूभीसँग मिल्दोजुल्दो देखिन्छ । एसी भेन्ट, क्लाइमेट कन्ट्रोल प्यानल, टु स्पोक स्टेरिङ ह्वील, ८ इन्चको डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर र १० इन्चको इन्फोटेन्मेन्ट स्क्रृन ठ्याक्कै कुशकको जस्तै छ ।

स्कोडाले आफ्नो इन्ट्री मोडल एसयूभीको टप भेरियन्टमा सिंगल प्यानल सनरुफ, किलेस इन्ट्री, वायरलेस फोन चार्जर, वायरलेस एन्ड्रोइड अटो र एप्पल कार प्ले, भेन्टिलेटेड फ्रन्ट सिट, लेदरेट सिट दिएको छ ।

युरोपियन कार निर्माताले बनाएको एसयूभीले भारत एनक्याप क्र्यास टेस्टमा ५ स्टार सेफ्टी रेटिङ पाएको छ । यसमा ६ एयरब्याग, एबीएस, इबीडी, इलेक्ट्रोनिक स्टेबिलीटी कन्ट्रोल, इलेक्ट्रोनिक डिफ्रेन्सियल लक जस्ता फिचर उपलब्ध छन् ।

स्कोडको काइल्याकमा फक्सवागेन ग्रुपले उत्पादन गरेको थ्री सिलिण्डर १.० टीएसआई टर्बो पेट्रोल इन्जिन उपलब्ध छ । कुशक एसयूभीमा पनि प्रयोग भएको उक्त इन्जिनले ११५ ब्रेकहर्स पावर र १७८ न्युटन मिटर टर्क जेनेरेट गर्छ ।

नेपाली बजारमा स्कोडा काइल्याक ७ भेरियन्टमा उपलब्ध हुने कम्पनीले जनाएको छ । जसमा ४ भेरियन्टमा ६ स्पीड म्यानुअल गियरबक्स हुनेछ । अन्य ३ भेरियन्टमा ६ स्पीड टर्क कन्भर्टर गियरबक्स रहने छ ।

मूल्यको हिसाबले पनि काइल्याक आकर्षक नै हुने अनुमान छ । कम्पनीले सुरुवाती म्यानुअल भेरियन्टको मूल्य ४५ लाख आसपास तोकेर बिक्री थाल्ने छ । यसको अटोमोटीक भेरियन्टको सुरुवाती मूल्य पनि ५५ लाख हाराहारी हुने अनुमान छ ।

स्कोडाको काइल्याकले मात्र १०.५ सेकेण्डमा शून्यबाट १०० किलोमिटर प्रतिघण्टाको स्पीडमा गुड्न सक्छ ।

सम्बन्धित समाचार