Logo

Oct 21 2026 | २०८३, कात्तिक ५गते

images

नेपाल राष्ट्र बैंकद्वारा तरलता व्यवस्थापनका लागि बजारबाट ४० अर्ब रुपैयाँ झिक्दै

नेपाल राष्ट्र बैंकद्वारा तरलता व्यवस्थापनका लागि बजारबाट ४० अर्ब रुपैयाँ झिक्दै

अर्थ प्लस
नेपाल राष्ट्र बैंकद्वारा तरलता व्यवस्थापनका लागि बजारबाट ४० अर्ब रुपैयाँ झिक्दै

काठमाडौं – बैंकिङ प्रणालीमा देखिएको अत्यधिक तरलता नियन्त्रण गर्न नेपाल राष्ट्र बैंकले आज (मंसिर १५ गते) बजारबाट ४० अर्ब रुपैयाँ संकलन गर्दैछ। केन्द्रीय बैंकले ३५ दिन अवधिको निक्षेप संकलन उपकरण मार्फत यो रकम झिक्न लागेको हो।

राष्ट्र बैंकले पछिल्लो समय नियमित रूपमा हरेक आइतबार र बुधबार निक्षेप संकलन गर्दै आएकोमा सोही क्रममा आज पनि यो कारोबार हुन लागेको हो। बोलकबोल प्रक्रिया अनलाइन बिडिङ सिस्टममार्फत दिउँसो २ बजेदेखि सुरु हुनेछ।

इच्छुक ‘क’, ‘ख’ र ‘ग’ वर्गका इजाजतप्राप्त बैंक तथा वित्तीय संस्थाहरूले न्यूनतम १० करोड रुपैयाँ र त्यसपछि ५ करोडले भाग गर्दा निःशेष भाग जाने गरी (अर्थात् ५ करोडको गुणनमा) अधिकतम ४० अर्बसम्म आवेदन दिन सक्नेछन्। संकलित रकमको साँवा तथा ब्याज भुक्तानी आगामी पुस २० गते गरिनेछ।

यो कदमले बैंकिङ प्रणालीको तरलता सन्तुलनमा राख्नुका साथै ब्याजदरमा स्थिरता कायम गर्न महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।

सम्बन्धित समाचार