Logo

Jul 31 2026 | २०८३, साउन १५गते

images

आइएमई लाइफको नयाँ बोनसदर घोषणा, बीमितले अधिकतम ८० रुपैयाँसम्म पाउने

आइएमई लाइफको नयाँ बोनसदर घोषणा, बीमितले अधिकतम ८० रुपैयाँसम्म पाउने

अर्थ प्लस
आइएमई लाइफको नयाँ बोनसदर घोषणा, बीमितले अधिकतम ८० रुपैयाँसम्म पाउने

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले बोनसदर घोषणा गरेको छ।

कम्पनीको आर्थिक वर्ष २०८१\८२ को आर्थिक लेखाजोखा र दायित्वको मूल्यांकनसम्बन्धी बीमांकीय प्रतिवेदन नेपाल बीमा समितिबाट स्वीकृत भई कम्पनीको मुनाफामा सरिक हुने गरी जारी गरिएको बीमालेखहरुमा नयाँ बोनसदर कायम गरेको हो।कम्पनीले न्यूनतम २२ रुपैयाँदेखि अधिकतम ८० रुपैयाँसम्म बोनसदर निर्धारण गरेको छ।

सावधिक सीमित अवधि भुक्तानीरसावधिक तथा बाल सावधिक बीमालेखमा प्रतिहजार ० देखि ९ वर्षसम्मको अवधिका लागि ३२ रुपैयाँ, १० देखि १४ वर्षसम्मको अवधिका लागि पनि ३२ रुपैयाँ, १५ देखि १९ वर्षसम्मको अवधिका लागि ४० रुपैयाँ, २० देखि २४ वर्षसम्मको अवधिका लागि ५२ रुपैयाँ, २५ देखि २९ वर्षसम्मको अवधिका लागि ६७ रुपैयाँ र ३० वा सोेभन्दा माथि अवधिका ७० रुपैयाँ बोनसदर निर्धारण गरेको छ। 

वार्षिक अग्रिम भुक्तानी सावधिक जीवन बीमालेख (धन सरिता र धन सरिता प्लस) मा सम्पूर्ण बीमा अवधिका लागि एउटै प्रतिहजार २२ रुपैयाँ बोनस निर्धारण गरिएको छ। 

अग्रिम भुक्तानी तथा आजीवन बीमालेखमा कम्पनीले प्रतिहजार १० देखि १४ वर्षसम्मको अवधिका लागि ३२ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिसम्मका लागि ३८ रुपैयाँ, २० देखि २४ वर्षसम्मको अवधिका लागि ५० रुपैयाँ र २५ देखि २९ वर्षसम्मको अवधिका लागि ६३ रुपैयाँ बोनसदर कायम गरेको छ। 

सावधिक तथा आजीवन बीमालेखमा कम्पनीले प्रतिहजार ० देखि ९ वर्षसम्मको अवधिका लागि ३२ रुपैयाँ, १० देखि १४ वर्षसम्मको अवधिका लागि पनि ३२ रुपैयाँ, १५ देखि १९ वर्षसम्मको अवधिका लागि ४५ रुपैयाँ, २० देखि २४ वर्षसम्मको अवधिका लागि ५५ रुपैयाँ, २५ देखि २९ वर्षसम्मको अवधिका लागि ६५ रुपैयाँ र ३० वा सोेभन्दा बढी अवधिका ८० रुपैयाँ बोनसदर निर्धारण गरेको छ। 

सामूहिक सावधिक बीमालेखमा कम्पनीले प्रतिहजार ० देखि ९ वर्षसम्मको अवधिका लागि ३२ रुपैयाँ, १० देखि १४ वर्षसम्मको अवधिका लागि पनि ३२ रुपैयाँ, १५ देखि १९ वर्षसम्मको अवधिका लागि ४० रुपैयाँ, २० देखि २४ वर्षसम्मको अवधिका लागि ५५ रुपैयाँ, २५ देखि २९ वर्षसम्मको अवधिका लागि ७० रुपैयाँ र ३० वा सोेभन्दा माथि अवधिका ७५ रुपैयाँ बोनसदर निर्धारण गरेको छ। 

बाल अग्रिम भुक्तानी सावधिक (बाल उमंग) बीमालेखमा १० देखि १४ वर्षसम्मको अवधिका लागि प्रतिहजार ३० रुपैयाँ, १५ देखि १९ वर्षसम्मको अवधिका लागि ३७ रुपैयाँ, २० देखि २४ वर्षसम्म अवधिका लागि ५० रुपैयाँ र २५ देखि २९ वर्षसम्मको अवधिका लागि ६५ रुपैयाँ बोनसदर कायम गरेको छ। 

अग्रिम भुक्तानी सावधिक बीमालेखमा १० देखि १४ वर्षसम्मको अवधिका लागि प्रतिहजार ३० रुपैयाँ, १५ देखि १९ वर्षसम्मको अवधिका लागि ३५ रुपैयाँ, २० देखि २४ वर्षसम्म अवधिका लागि ४८ रुपैयाँ र २५ देखि २९ वर्षसम्मको अवधिका लागि ६३ रुपैयाँ बोनसदर कायम गरेको छ। 

वार्षिक बाल अग्रिम भुक्तानी सावधिक जीवन बीमालेख (बाल किरण) मा १० देखि १४ वर्षसम्मको अवधिका लागि प्रतिहजार ३० रुपैयाँ, १५ देखि १९ वर्षसम्मको अवधिका लागि ४० रुपैयाँ, २० देखि २४ वर्षसम्म अवधिका लागि ४४ रुपैयाँ र २५ देखि २९ वर्षसम्मको अवधिका लागि ६० रुपैयाँ बोनसदर कायम गरेको छ। 

बोनसदर मृत्यु दाबी, पूर्ण वा आंशिक अवधि भुक्तानी दाबी, समर्पण मूल्य दाबी, चुक्ता मूल्य दाबी तथा चालु बीमालेखमा समेत लागू हुने कम्पनीले जानकारी दिएको छ।

सम्बन्धित समाचार