Logo

Oct 21 2026 | २०८३, कात्तिक ५गते

images

प्रभु बैंकका सीईओसहित ३ जनालाई ५ दिन हिरासतमा राख्न अदालतको अनुमति

प्रभु बैंकका सीईओसहित ३ जनालाई ५ दिन हिरासतमा राख्न अदालतको अनुमति

अर्थ प्लस
प्रभु बैंकका सीईओसहित ३ जनालाई ५ दिन हिरासतमा राख्न अदालतको अनुमति

काठमाण्डौ।  जिल्ला अदालत काठमाण्डौले प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ)अशोक शेरचनसहित उच्च तहका तीन जना कर्मचारीलाई ५ दिन थुनामा राखी अनुसन्धान गर्न अनुमति दिएको छ ।

अदालतले आइबार पक्राउ परेका बैंकका सीईओ शेरचन, डीसीओ मणिराम पोख्रेल र प्रमुख जोखिम अधिकृत रिवास श्रेष्ठमाथि थप अनुसन्धान गर्न ५ दिनका म्याद थप गरेको हो । तीनै जनालाई सीआईबीको टोलीले आइतबार अनामनगरस्थित बैंकको केन्द्रीय कार्यालयबाट पक्राउ गरेको थियो ।  

यस्तै सम्पर्कविहिन बनेका बैंकका चिफ बिजनेश अफिसर रश्मी पन्त र सीईओ अफिसका कर्मचारी दिनेश डंगोल पनि अनुसन्धानको दायरा रहेका छन् । 

प्रभु म्यानेजमेन्टकी अध्यक्ष कुसुम लामाले कर्जा दिदाँ करिब १ अर्ब रुपैयाँ ठगी भएको भन्दै गत कात्तिक ११ गते प्रहरीमा जाहेरी दिएकी थिइन् । सोही जाहेरीका आधारमा प्रहरीले बैंकको सीईओ लगायतका कर्मचारीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ गर्नुअघि प्रहरीले गत कात्तिक १२ गते बिजुलीबजारस्थित बैंकको केन्द्रीय कार्यालयमा छापा मारेको थियो । 

सम्बन्धित समाचार