Logo

Oct 20 2026 | २०८३, कात्तिक ४गते

images

लगानी प्रवर्द्धन तथा सुरक्षाको प्रत्याभूति नीति आवश्यक: चेम्बर अध्यक्ष अग्रवाल

लगानी प्रवर्द्धन तथा सुरक्षाको प्रत्याभूति नीति आवश्यक: चेम्बर अध्यक्ष अग्रवाल

अर्थ प्लस
लगानी प्रवर्द्धन तथा सुरक्षाको प्रत्याभूति नीति आवश्यक: चेम्बर अध्यक्ष अग्रवाल

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले निजी क्षेत्रको मनोबल उठाउन र अर्थतन्त्रलाई गति दिन लगानीको सुरक्षा र प्रवद्र्धनको ठोस नीतिगत ग्यारेन्टी तत्काल आवश्यक रहेको बताएका छन्।

नेपाल आर्थिक पत्रकार समाज (सेजन) को २९औं वार्षिकोत्सवलाई सम्बोधन गर्दै अध्यक्ष अग्रवालले भने, “लगानीमैत्री वातावरण बनाउन सबैभन्दा पहिले स्वदेशी तथा विदेशी लगानीकर्तालाई सुरक्षा प्रत्याभूति दिनुपर्छ। विदेशी लगानीका लागि जस्तै द्विपक्षीय लगानी संरक्षण सम्झौता गरिन्छ, त्यसैगरी स्वदेशी लगानीकर्तालाई पनि सुरक्षा र प्रोत्साहन दिने स्पष्ट नीति ल्याउन ढिला गर्नुहुन्न।”

उनले करिब ६ वर्षदेखि कोभिडको असर र त्यसपछिको कमजोर नीतिगत व्यवस्थापनका कारण अर्थतन्त्र निरन्तर शिथिल रहेको तथा उद्यमी–व्यवसायीको मनोबल खस्किएको बताए। “हाम्रो देशमा प्रशस्त प्राकृतिक स्रोत र युवा जनशक्ति हुँदा–हुँदै पनि लगानीमैत्री नीतिको अभावले न त आर्थिक समृद्धि हासिल भएको छ, न त आफ्नै युवालाई रोजगारी दिनै सकेका छौं,” उनले थपे।

अध्यक्ष अग्रवालले पछिल्लो चार वर्षमा कडा तथा अव्यवहारिक मौद्रिक नीतिका कारण १ लाख ५० हजारभन्दा बढी उद्यमी–व्यवसायी कर्जा सूचना कालोसूचीमा परेको तथ्यांक सुनाए। उनले शिथिल अर्थतन्त्रबाट प्रभावित व्यवसायीलाई राहत दिन नेपाल राष्ट्र बैंकले जारी गरेको चालूपुँजी कर्जा निर्देशिका पूर्ण रूपमा खारेज गर्नुपर्ने माग पनि राखे।

उनको भनाइ छ, “लगानीको सुरक्षा, रोजगारी सिर्जना, राजस्व वृद्धि र वित्तीय स्थायित्व जस्ता चुनौतीहरूको समाधारभूत समाधान लगानीमैत्री नीतिबाटै सम्भव छ। सरकार र नियामक निकायले अब ढिला नगरी निजी क्षेत्रको विश्वास फर्काउने कदम चाल्नैपर्छ।”

सम्बन्धित समाचार