काठमाण्डौ । बैंकिङ प्रणालीमा देखिएको अधिक तरलता व्यवस्थापन गर्न नेपाल राष्ट्र बैंकले आज ९० अर्ब रुपैयाँ बजारबाट झिक्दैछ ।
केन्द्रीय बैंकले निक्षेप संकलन उपकरणमार्फत ८४ दिनको अवधिका लागि यो रकम खिच्ने भएको हो। पछिल्लो समय राष्ट्र बैंकले हरेक आइतबार र बुधबार नियमित रूपमा तरलता प्रशोचन गर्दै आएकोमा आज पनि सोही शृंखलाअन्तर्गत यो कारबाही हुन लागेको छ।
राष्ट्र बैंकले अनलाइन बिडिङ प्रणालीमार्फत आज दिउँसो २ बजेदेखि बोलकबोल खुला गर्ने जनाएको छ। इच्छुक क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाले न्यूनतम १० करोड र अधिकतम ५ करोडको गुणांकमा भाग लगाएर कुल आह्वान रकमसम्म आवेदन दिन सक्नेछन्।
साँवा र ब्याज भुक्तानी आगामी फागुन १७ गते हुने गरी यो निक्षेप संकलन गरिनेछ।
