Logo

Oct 21 2026 | २०८३, कात्तिक ५गते

images

एनएमबि बैंकद्वारा क्रेडिट कार्ड सेवामा ‘एनएमबि इन्स्टा बाइ’ सुविधा थप

एनएमबि बैंकद्वारा क्रेडिट कार्ड सेवामा ‘एनएमबि इन्स्टा बाइ’ सुविधा थप

अर्थ प्लस
एनएमबि बैंकद्वारा क्रेडिट कार्ड सेवामा ‘एनएमबि इन्स्टा बाइ’ सुविधा थप

काठमाडौं । एनएमबि बैंकले क्रेडिट कार्ड सेवालाई अझ डिजिटल र सहज बनाउन ‘एनएमबि इन्स्टा बाइ’ सुविधा सार्वजनिक गरेको छ। यो सुविधामार्फत क्रेडिट कार्डधारकहरूले अब ५ हजार रुपैयाँ भन्दा माथिको कुनै पनि खरिदलाई ६ देखि १२ महिनासम्मको किस्ताबन्दी (EMI) मा रूपान्तरण गर्न सक्नेछन्।

यो प्रक्रियामा ग्राहकले आफ्नो खरिद बिल र POS स्लिप १० दिनभित्र eNMB एप वा बैंकको वेबसाइटमार्फत इन्स्टा बाइ पोर्टलमा अपलोड गर्न सक्छन्।

न्युनतम शुल्क तथा ब्याजदर, अग्रिम भुक्तानीमा कुनै जरिवाना नलाग्ने व्यवस्था र शाखा धाउन नपर्ने सुविधा सहित, ‘इन्स्टा बाइ’ मर्फत स्वास्थ्य परिक्षण, यात्रा, जीवनशैली वा चाडपर्वका लगायतमा हुने खर्चहरू सहज रूपमा व्यवस्थापन गर्न सकिने छ।

एनएमबि बैंकले देशभरका २०२ शाखा, १८४ एटिएम र ९ एक्सटेन्सन काउण्टरमार्फत सेवा प्रवाह गरिरहेको छ।

सम्बन्धित समाचार