Logo

Oct 21 2026 | २०८३, कात्तिक ५गते

images

नेपाल बैंक र पाटन हेल्थ ल्याबबिच सम्झौता, ग्राहक र कर्मचारीलाई विशेष छुट

नेपाल बैंक र पाटन हेल्थ ल्याबबिच सम्झौता, ग्राहक र कर्मचारीलाई विशेष छुट

अर्थ प्लस
नेपाल बैंक र पाटन हेल्थ ल्याबबिच सम्झौता, ग्राहक र कर्मचारीलाई विशेष छुट

काठमाडौँ / नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरू र बैंकमा खाता रहेका ग्राहकहरूले पाटन हेल्थ ल्याब प्रा.लि.मा उपचार गर्दा विशेष छुट पाउने भएका छन् । बैंकले आफ्ना ग्राहक र कर्मचारीलाई थप सुविधा दिन ललितपुर थसिखेलमा रहेको पाटन हेल्थ ल्याबमा उपचार गर्दा लाग्ने शुल्कमा विशेष छुट प्रदान गर्ने सम्बन्धी सम्झौता गरेको हो ।

सोमबार भएको उक्त सम्झौता पत्रमा बैंकको तर्फबाट बजारीकरण तथा अनुसन्धान डिभिजनका प्रमुख निर्मल सुवेदी र पाटन हेल्थ ल्याब प्रा.लि.को तर्फबाट प्रबन्ध निर्देशक सरिता खड्काले हस्ताक्षर गरिन् । 

सो सम्झौता बमोजिम नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरूलाई र बैंकमा खाता रहेका ग्राहकहरूलाई प्याथोलोजि ल्यावको विविध सेवाको लागि निःशुल्क होम डेलिभरीको सुविधा सहित) र विभिन्न हेल्थ प्याकेज मा लाग्ने शुल्कहरूमा बिल रकमको १० प्रतिशत देखि ३० प्रतिशतसम्म छुट हुने व्यवस्था गरिएको छ ।

यसबाट नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरू तथा बैंकमा खाता रहेका ग्राहकहरूले पाटन हेल्थ ल्याबबाट प्रदान गरिने सहुलियतपूर्ण स्वास्थ्यसेवाबाट लाभान्वित हुनेछन् ।  

सम्बन्धित समाचार