Logo

Jul 31 2026 | २०८३, साउन १५गते

images

सिटिजन लाइफले २०% लाभांश दिने

सिटिजन लाइफले २०% लाभांश दिने

अर्थ प्लस
सिटिजन लाइफले २०% लाभांश दिने

काठमाण्डौ । सिटिजन लाइफ इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ।  

कम्पनीको आज बिहान बसेको सञ्चालक समितिको १२५औँ बैठकले आर्थिक वर्ष २०८१/८२ को वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्ता पुँजीको २० प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो।  

यो पूर्ण रूपमा नगद लाभांश (२०% cash dividend) रहेको छ। कम्पनीको वर्तमान चुक्ता पुँजी ५ अर्ब रुपैयाँ रहेकोले कुल १ अर्ब रुपैयाँ नगद लाभांश वितरण हुनेछ।  

यो प्रस्ताव नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भएपछि र कम्पनीको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि मात्र लगानीकर्ताले प्राप्त गर्नेछन्।

960-CLI.jpg

सम्बन्धित समाचार