Logo

Oct 21 2026 | २०८३, कात्तिक ५गते

images

कुमारी बैंकको साढे ३ लाख कित्ता संस्थापक सेयर बिक्रीमा, कसले आवेदन दिन पाउने ? 

कुमारी बैंकको साढे ३ लाख कित्ता संस्थापक सेयर बिक्रीमा, कसले आवेदन दिन पाउने ? 

अर्थ प्लस
कुमारी बैंकको साढे ३ लाख कित्ता संस्थापक सेयर बिक्रीमा, कसले आवेदन दिन पाउने ? 

काठमाडौं । कुमारी बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ । कम्पनीले साढे ३ लाख भन्दा बढी कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।

बैंकले ३ लाख ५१ हजार ३२७ कित्ता संस्थापक सेयर बिक्री गर्नका लागि ३५ दिने सूचना जारी गरेको हो । हाल बैंकको उक्त सेयरमा बैंककै संस्थाप सेयरधनीहरुले मात्रै आवेदन दिन पाउने छन् । सेयर किन्न इच्छुक सेयरधनीहरुले ३५ दिन भित्र कुमारी क्यापिटलको नक्सालमा नागपोखरी वा कुमारी बैंकको प्रधानकार्यालय टंगालमा आइपुग्ने गरि आवेदन दिुनु पर्नेछ ।

विद्यमान संस्थापक सेयरधनीहरुबाट आवेदन नआएको खण्डमा आम सार्वसाधरणले खरिद गर्न पाउने गरि लिलाम बिक्री गरिने बैंकले जनाएको छ ।

सम्बन्धित समाचार