Logo

Oct 21 2026 | २०८३, कात्तिक ५गते

images

१ अर्ब रुपैयाँ नोक्सानी पुर्याएको आरोपमा प्रभु बैंकका रेमिट्यान्स विभाग प्रमुख शाक्य पक्राउ

१ अर्ब रुपैयाँ नोक्सानी पुर्याएको आरोपमा प्रभु बैंकका रेमिट्यान्स विभाग प्रमुख शाक्य पक्राउ

अर्थ प्लस
१ अर्ब रुपैयाँ नोक्सानी पुर्याएको आरोपमा प्रभु बैंकका रेमिट्यान्स विभाग प्रमुख शाक्य पक्राउ

काठमाडौं । प्रभु बैंक लिमिटेडका रेमिट्यान्स विभाग प्रमुख सुजिन शाक्य (‘सुगेन’ भनेर चिनिने) लाई बैंकिङ कसुर मुद्दामा पक्राउ गरिएको छ। 

उनीमाथि प्रभु बैंकलाई हानि पुर्‍याई आफ्नो स्वार्थ समूहअन्तर्गतको प्रभु मनि ट्रान्सफरलाई फाइदा पुग्ने गरी रेमिट कारोबारमा कानुनी व्यवस्थाको दुरुपयोग गरेको आरोप छ। विशेष गरी, प्रि–फन्डिङ दिने प्रावधानको दुरुपयोग गर्दै नियमविपरीत अर्बौं रकम निकासी गरेर बैंकलाई ब्याजसमेत नउठाई १ अर्बभन्दा बढी आर्थिक नोक्सानी पुर्‍याएको प्रारम्भिक अनुसन्धानमा देखिएको छ। 

त्यसैगरी, नियमविपरीत प्रभु म्यानेजमेन्ट प्रा.लि.लाई सुपर एजेन्ट बनाई अग्रिम रकम उपलब्ध गराएर रेमिट कारोबार बन्द भएपछि पनि सो रकम फिर्ता नगरी लामो समयसम्म स्वार्थ समूहलाई प्रयोग गर्न दिएको तथा यसबाट बैंकलाई ८ करोड ९३ लाख १९ हजार ९४६ रुपैयाँ नोक्सानी पुर्‍याएको पाइएको छ। 

यी अपराध लुकाउन कर्जा प्रवाह गरी दुरुपयोग गरेको अभियोगमा प्रभु बैंकका सीईओ अशोक शेरचनमाथि पनि बैंकिङ कसुरमा अनुसन्धान भइरहेको छ। 

उच्च अदालतको अनुमतिमा जारी पक्राउ पूर्जीका आधारमा शाक्यलाई मंसिर २४ गते ललितपुर महानगरपालिका–११, इखाछेबाट पक्राउ गरिएको र थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

सम्बन्धित समाचार