Logo

Jul 31 2026 | २०८३, साउन १५गते

images

आईजीआई प्रूडेन्सियल इन्स्योरेन्सले ५% लाभांश दिने

आईजीआई प्रूडेन्सियल इन्स्योरेन्सले ५% लाभांश दिने

अर्थ प्लस
आईजीआई प्रूडेन्सियल इन्स्योरेन्सले ५% लाभांश दिने

काठमाण्डौ । आईजीआई प्रूडेन्सियल इन्स्योरेन्स लिमीटेडले लाभांश घोषणा गरेको छ ।  

कम्पनीको मंसिर २५ गते बिहीबार बिहान बसेको सञ्चालक समितिको ३९ औं बैठकले आर्थिक वर्ष २०८१/८२ को वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्तापूँजीको ५  प्रतिशतले हुन आउने नगद लाभांश वितरणको निर्णय गरेको हो । 

हाल यो कम्पनीको चुक्तापूँजी ३ अर्ब २ करोड ९३ लाख रुपैयाँ रहेको छ । कम्पनीले १५ करोड ६४ लाख ६६ हजार नगद सेयरधनीलाई दिन लागेको हो । 

नियामक नेपाल बीमा प्राधिकरणबाट यो प्रस्ताव स्वीकृत भएपछि र कम्पनीको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि सेयरधनीले पाउनेछन् ।  

960-567.jpg

सम्बन्धित समाचार