काठमाडौं। सन नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीका लागि लाभांश वितरण गर्ने घोषणा गरेको छ। कम्पनीको पुस २ गते बसेको सञ्चालक समितिको बैठकले लाभांश प्रस्ताव गरेको हो।
इन्स्योरेन्सले हाल कायम चुक्ता पुँजीको कुल २०.२६३२ प्रतिशत लाभांश दिने निर्णय गरेको छ। जसमा ५ प्रतिशत बोनस सेयर र १५.२६३२ प्रतिशत नगद लाभांश समावेश छ।
लाभांश प्रस्ताव नेपाल बिमा प्राधिकरणबाट स्वीकृत भएपछि र कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि मात्र सेयरधनीहरूले प्राप्त गर्नेछन्।
