Logo

Jul 31 2026 | २०८३, साउन १५गते

images

सूर्यज्योति लाइफको लाभांश घोषणा

सूर्यज्योति लाइफको लाभांश घोषणा

अर्थ प्लस
सूर्यज्योति लाइफको लाभांश घोषणा

काठमाण्डौ । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्षको नाफाबाट लाभांश वितरण गर्ने घोषणा गरेको छ। पुस ४ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८१/८२ को वितरणयोग्य मुनाफाबाट लाभांश दिने निर्णय गरेको हो।

यस अनुसार, कम्पनीका सेयरधनीहरूले हालको चुक्तापूँजी ५ अर्ब १ करोड १९ लाख ४७ हजार ७९७ रुपैयाँको आधारमा १३ प्रतिशत नगद लाभांश (कर प्रयोजनसहित) प्राप्त गर्नेछन्।

यो लाभांश बीमा प्राधिकरणको स्वीकृति र कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि सेयरधनीहरूलाई वितरण गरिनेछ।

सम्बन्धित समाचार