Logo

Oct 21 2026 | २०८३, कात्तिक ५गते

images

सहकारी बैंकमा राष्ट्र बैंकको कडाइ, सदस्यको धितोमा अधिक ऋण लिन नपाइने

सहकारी बैंकमा राष्ट्र बैंकको कडाइ, सदस्यको धितोमा अधिक ऋण लिन नपाइने

अर्थ प्लस
सहकारी बैंकमा राष्ट्र बैंकको कडाइ, सदस्यको धितोमा अधिक ऋण लिन नपाइने

काठमाडौं। नेपाल राष्ट्र बैंकले सहकारी बैंककाे नियमन र सुपरीवेक्षणमा कडाइ गरेको छ। आइतबार केन्द्रीय बैंकले सहकारी बैंकलाई एकीकृत निर्देशन जारी गर्दै नियमन र सुपरीवेक्षण कडाइ गरेको हाे।

साेही निर्देशनअनुसार अब सहकारी संस्थाले आफ्ना सदस्यको धितो पुन: प्रयोग गरेर सहकारी बैंकबाट ऋण लिँदा, सम्बन्धित सदस्यले लगेको कर्जाको सीमाभन्दा बढी ऋण लिन पाउने छैनन्। राष्ट्र बैंकले सहकारी बैंकको लाइसेन्स, चुक्ता पुँजी र कर्जा वर्गीकरण लगायतका विषयलाई व्यवस्थित गर्न औपचारिक नियमन सुरु गरेको हाे।

यस्तै, सहकारी बैंकले बचत र ऋणको ब्याजदर अन्तर ६ प्रतिशतभन्दा कम राख्नुपर्नेछ। बैंकले कर्जा प्रवाह गर्दा प्रशासनिक सेवा शुल्क, ब्याज र हर्जाना बाहेक अन्य कुनै पनि शीर्षकमा अतिरिक्त शुल्क लिन पाउने छैन।

राष्ट्र बैंकले बैंकका सञ्चालक, कार्यकारी प्रमुख र उनीहरूका परिवारको सम्पत्ति तथा ऋणको विवरण हरेक आर्थिक वर्ष सकिएको ३५ दिनभित्र अद्यावधिक गर्नुपर्ने अनिवार्य व्यवस्था गरेको छ। साथै, सञ्चालक वा कार्यकारी प्रमुख पदबाट हटेको व्यक्ति कम्तीमा ६ महिना नपुगी सोही संस्थामा अन्य कुनै पदमा नियुक्ति हुन पाउने छैनन्। 

सहकारी बैंकको पुँजी कोष अनुपात ८ प्रतिशत हुनुपर्ने र कर्जा नोक्सानी व्यवस्थाका लागि सक्रिय कर्जाको १ प्रतिशतदेखि खराब कर्जाको १०० प्रतिशतसम्म प्रोभिजन गर्नुपर्ने प्रावधान समेत लागू गरिएको छ।

सम्बन्धित समाचार