काठमाडौं, बैशाख १४ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा एक हजार ४०० रुपैयाँले बढेको हो ।
शुक्रबार छापावाला सुनको मूल्य एक लाख ३७ हजार २०० रुपैयाँ र तेजावी सुनको मूल्य एक लाख ३६ हजार ५५० रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै, चाँदी तोलामा २० रुपैयाँले बढेको छ । चाँदी प्रतितोला एक हजार ६७५ रुपैयाँमा कारोबार भइरहेको छ ।
