Logo

Oct 20 2026 | २०८३, कात्तिक ४गते

images

विवाइडी डल्फिनको विश्वव्यापी बिक्री १० लाख पुग्यो, नेपाली सडकमा गुड्छन् २५०० बढी

विवाइडी डल्फिनको विश्वव्यापी बिक्री १० लाख पुग्यो, नेपाली सडकमा गुड्छन् २५०० बढी

अर्थ प्लस
विवाइडी डल्फिनको विश्वव्यापी बिक्री १० लाख पुग्यो, नेपाली सडकमा गुड्छन्  २५०० बढी

काठमाडौँ / लोकप्रिय चिनियाँ विद्युतीय सवारी निर्माता विवाइडीले उत्पादन गरेको ह्याचब्याक इभि  ‘डल्फिन’को विश्वव्यापी बिक्री १० लाख युनिट पुगेको छ ।

यससँगै विवाइडी डल्फिन चिनियाँ अटो बजारमा सबैभन्दा छिटो १० लाख युनिट बिक्री हुने ह्याचब्याक इभि बन्न सफल भएको कम्पनीले दाबी गरेको छ ।

नेपालका लागि विवाइडीको आधिकारिक वितरक साइमेक्स इंक प्रालिले यो उपलब्धिलाई गर्वको क्षणका रूपमा लिएको जनाएको छ । 

कम्पनीले जारी गरेको विज्ञप्तिमा विवाईडी डल्फिन सुरक्षित, स्मार्ट र वातावरणमैत्री सवारी खोज्ने नेपाली परिवारको पहिलो रोजाइ बन्दै गएको उल्लेख गरिएको छ ।

“विवाइडी डल्फिनले ह्याचब्याक सेग्मेन्टमा नयाँ परिभाषा स्थापित गरेको छ । उत्कृष्ट सेफ्टी, स्मार्ट फिचर र किफायती मूल्यका कारण नेपाली उपभोक्ताको विश्वास जित्न सफल भएकोमा हामी अत्यन्तै खुसी छौँ,” विज्ञप्तिमा भनिएको छ, “इभि इकोसिस्टम विस्तार, उत्कृष्ट बिक्रीपछिको सेवा र नेपाललाई स्वच्छ गतिशीलतामा रूपान्तरण गर्ने यात्रामा हामी निरन्तर प्रतिबद्ध रहनेछौँ।”

कम्पनीका अनुसार विवाईडीले सन् २०२६ का लागि नयाँ संस्करणको डल्फिनको परीक्षण सुरु गरिसकेको छ । हाल चीनमा विकास तथा परीक्षण चरणमा रहेको उक्त नयाँ संस्करणमा डिजाइन र ड्राइभिङ अनुभवमा महत्त्वपूर्ण सुधार हुने प्रारम्भिक रिपोर्टहरूले संकेत गरेका छन् ।

नेपालमा पनि विवाइडी डल्फिनको लोकप्रियता उल्लेख्य रहेको साइमेक्स इंक प्रालिको भनाइ छ । कम्पनीले सन् २०२३ सेप्टेम्बरमा डल्फिन नेपाली बजारमा सार्वजनिक गरेको थियो । हालसम्म नेपालका सडकमा २५०० भन्दा बढी डल्फिन सञ्चालनमा आइसकेका छन् ।

ह्याचब्याक सेग्मेन्टको बिक्री समग्रमा घट्दो अवस्थामा रहे पनि डल्फिनको आगमनले उपभोक्ताको रुचि पुनः जागृत गराएको कम्पनीको दाबी छ । उत्कृष्ट सेफ्टी, इन्टेलिजेन्ट फिचर र प्रतिस्पर्धी मूल्यका कारण डल्फिन नेपाली बजारमा सुरक्षित र स्मार्ट पारिवारिक कारका रूपमा स्थापित हुँदै गएको छ ।

विवाइडी डल्फिन ई–प्लेटफर्म ३।० मा आधारित रहेको छ, जसमा ७८.२ प्रतिशत हाइ–स्ट्रेन्थ स्टिल प्रयोग गरिएको कम्पनीले जनाएको छ । यसले नेपाली सडकको विविध अवस्थामासमेत यात्रु सुरक्षामा उच्च स्तरको भरोसा प्रदान गर्ने दाबी गरिएको छ ।

डल्फिनमा १२.८ इञ्चको घुमाउन मिल्ने टचस्क्रिन, मोबाइल कनेक्टिभिटी, २७०० मिमी ह्विलबेससहित प्रशस्त क्याबिन स्पेस उपलब्ध छ। 

साथै, लेभल–२ एड्भान्स ड्राइभर असिस्टेन्ट सिस्टमअन्तर्गत क्रुज कन्ट्रोल, अटोमेटिक इमर्जेन्सी ब्रेकिङ र लेन डिपार्चर असिस्टेन्स जस्ता आधुनिक फिचरहरू पनि समावेश छन् ।

सम्बन्धित समाचार