Logo

Oct 20 2026 | २०८३, कात्तिक ४गते

images

३६६ दिनका लागि मुद्दति निक्षेपमा साढे ५ अर्ब लगानी गर्दै केन्द्रीय बैंक

३६६ दिनका लागि मुद्दति निक्षेपमा साढे ५ अर्ब लगानी गर्दै केन्द्रीय बैंक

अर्थ प्लस
३६६ दिनका लागि मुद्दति निक्षेपमा साढे ५ अर्ब लगानी गर्दै केन्द्रीय बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकहरुको मुद्दति निक्षेपमा साढे ५ अर्ब रुपैयाँ बढी लगानी गर्ने भएको छ। केन्द्रीय बैंकको उपदान तथा पेन्सन कोषमा रहेको ५ अर्ब ५५ करोड रुपैयाँ बैंकहरुको मुद्दति निक्षेपमा लगानी गर्न लागिएको हो। 

यसका लागि पुस १७ गते साँझ ७ बजेसम्म ब्याजदर प्रस्ताव गर्न राष्ट्र बैंकले बैंकहरुलाई आह्वान गरेको छ।

कुल रकममध्ये राष्ट्र बैंकले वाणिज्य बैंकमा ४ अर्ब ४४ करोड रुपैयाँ, राष्ट्रियस्तरका विकास बैंकमा ८३ करोड २५ लाख रुपैयाँ र राष्ट्रियस्तरका वित्त कम्पनीमा २७ करोड ७५ लाख रुपैयाँ मुद्दति निक्षेपका रुपमा लगानी गर्ने भएको छ।

यो लगानी ३६६ दिनका लागि हुने केन्द्रीय बैंकले जनाएको छ।

सम्बन्धित समाचार