Logo

Oct 20 2026 | २०८३, कात्तिक ४गते

images

लक्ष्मी सनराइज बैंकको २५ औं वार्षिक साधारणसभा सम्पन्न

लक्ष्मी सनराइज बैंकको २५ औं वार्षिक साधारणसभा सम्पन्न

अर्थ प्लस
लक्ष्मी सनराइज बैंकको २५ औं वार्षिक साधारणसभा सम्पन्न

काठमाडौं । लक्ष्मी सनराइज बैंक लिमिटेडको २५ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । काठमाडौंमा आज पुस १४ गते सम्पन्न सभाले बैंकको चुक्ता पूँजीको १० प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरेको छ । बोनस सेयर पारित भएसँगै बैंकको चुक्ता पूँजी रु २६ अर्ब ७८ करोड पुगेको छ । 

उक्त सभाले आर्थिक वर्ष २०८१/८२ का लागि संचालक समितिको प्रतिवेदन तथा सोही आर्थिक वर्षको बैंकको वित्तीय विवरण उपर छलफल गरी स्वीकृत गरेको छ । साथै आर्थिक वर्ष २०८२/८३ का लागि लेखापरिक्षकको नियुक्ति समेत गरेको छ । 

आर्थिक वर्ष २०८१/८२ मा रु ३७१ अर्ब निक्षेप र रु २८७ अर्ब कर्जा पु¥याएको यस बैंकको वासलातको आकार रु ४४३ अर्ब रहेको छ । सो आवमा बैंकले ४ अर्ब ६ करोड रुपैंया खुद मुनाफा आर्जन गर्न सफल भएको छ । 

सम्बन्धित समाचार