Logo

Oct 20 2026 | २०८३, कात्तिक ४गते

images

सूचना प्रविधि, कृषि, उद्योगदेखि पूर्वाधारसम्म लगानी गर्न प्रधानमन्त्री प्रचण्डको आह्वान

सूचना प्रविधि, कृषि, उद्योगदेखि पूर्वाधारसम्म लगानी गर्न प्रधानमन्त्री प्रचण्डको आह्वान

अर्थ प्लस
सूचना प्रविधि, कृषि, उद्योगदेखि पूर्वाधारसम्म लगानी गर्न प्रधानमन्त्री प्रचण्डको आह्वान

काठमाडौं, बैशाख १६ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालमा लगानीको अथाह सम्भावना रहेकोले विदेशी लगानीकर्ताहरुलाई लगानी गरेर लाभ लिन आह्वान गरेका छन् । नेपाल सरकारले आयोजना गरेको लगानी सम्मेलन २०२४ को आजको उद्घाटन सत्रलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले लगानीकर्ताहरुलाई नेपालका विविध क्षेत्रमा लगानीका लागि आह्वान गरेका हुन् ।

प्रधानमन्त्री प्रचण्डले नेपालमा ठूलो मात्रामा श्रम शक्ति रहेको, नेपालका धेरै जनसंख्याहरु गरिब बर्गबाट मध्यम बर्गमा रुपान्तरण हुँदै गएको र नेपालीहरुले अन्तर्राष्ट्रिय भाषा समेत बोल्न सक्ने अवस्थामा रहेकोले यहाँ लगानीबाट धेरै लाभ लिन सकिने बताए ।

विश्वका ५५ भन्दा बढि राष्ट्रबाट एक हजार ६०० भन्दा बढि लगानीकर्ताहरु सहभागी भएको सम्मेलनमा प्रधानमन्त्री प्रचण्डले लगानीकर्ताहरुको ध्यानाकर्षण गर्दै भने, ‘नेपालको विद्युत भारतले खरिद गर्ने सम्झौता गरेको छ, चीनसँग पनि सहकार्य भइरहेको छ ।’ प्रधानमन्त्री प्रचण्डले विश्वका दुई ठूला अर्थतन्त्र भएको देश नेपालमा लगानी गर्न उपयुक्त भएको बताए ।

प्रधानमन्त्री प्रचण्डले भने, ‘नेपाल एउटा विश्वका लगानीकर्ताहरुको गन्तव्य बनिरहेको छ ।’ प्रधानमन्त्री प्रचण्डले नेपाल लगानीको नयाँ युगमा प्रवेश गर्दै गएको बताउँदै नेपाली तथा विदेशी लगानीकर्ताहरुलाई लगानी गरेर लाभ उठाउन आह्वान गरेका छन् ।

सम्बन्धित समाचार