काठमाडौँ । सिन्धु विकास बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुरेश देवकोटाको राजीनामा स्वीकृत भएको छ। पुस १५ गते बसेको बैंकको सञ्चालक समितिको ४७० औं बैठकले उनको राजीनामा स्वीकृत गर्ने निर्णय गरेको हो।
देवकोटाले व्यक्तिगत कारण देखाउँदै गत पुस ९ गते सीईओ पदबाट राजीनामा दिएका थिए। बैंकका अनुसार उनको राजीनामा माघ १ गतेदेखि लागू हुनेगरी स्वीकृत गरिएको छ।
यसअघि, बैंकको २०८१ साल मंसिर २५ गते बसेको ४४४ औं बैठकले रिक्त रहेको सीईओ पदमा चार्टर्ड एकाउन्टेन्ट सुरेश देवकोटालाई नियुक्त गरेको थियो। उनलाई पुस १ गतेदेखि लागू हुने गरी ४ वर्षका लागि सीईओ नियुक्त गरिएको थियो।
