Logo

Oct 20 2026 | २०८३, कात्तिक ४गते

images

नेप्से घट्दा, कारोबार रकम भने बढ्यो

नेप्से घट्दा, कारोबार रकम भने बढ्यो

अर्थ प्लस
नेप्से घट्दा, कारोबार रकम भने बढ्यो

काठमाडौं  । आज साताको पहिलो कारेबारको दिन आइतबार  शेयर बजार घटेर बन्द भएको छ । आज नेप्से परिसूचक १०.२९ अंकले घटेर २,६१० को विन्दुमा कायम भएको छ । 

आज ७९ कम्पनीको शेयर मूल्य बढेको छ भने १७१ कम्पनीको शेयर मूल्य घटेको छ । आज दिनभरिमा ३२३ कम्पनीको १ करोड २ लाख ७४ हजार १२६ कित्ता शेयर किनबेच हुँदा ५ अर्ब १ करोडको शेयर कारोबार भएको छ । 

१३ उपसमूहमध्ये यस दिन ३ उपसमूहको परिसूचक बढेको छ भने १० उपसमूहको परिसूचक घटेको छ। यस दिन उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक सर्वाधिक १.०४ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन होटल तथा पर्यटन र व्यापार उपसमूहको परिसूचक सामान्य बढेको हो। कारोबारमा आएको अन्य उपसमूहको परिसूचक यस दिन सर्वाधिक १.६९ प्रतिशत घटेको छ।

आज सबैभन्दा धेरै एसवाई प्यानलको ३० करोड ६५ लाख रुपैयाँको शेयर। कारोबार भएको छ  भने बन्दीपुर केबलकारको २२ करोड १२ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

20.JPG

सम्बन्धित समाचार