Logo

Oct 20 2026 | २०८३, कात्तिक ४गते

images

माया खोला हाईड्रोपावरको लक इन अवधि माघमा समाप्त हुँदै

माया खोला हाईड्रोपावरको लक इन अवधि माघमा समाप्त हुँदै

अर्थ प्लस
माया खोला हाईड्रोपावरको लक इन अवधि माघमा समाप्त हुँदै

काठमाण्डौ । माया खोला हाईड्रोपावर कम्पनी लिमिटेडको लक–इन अवधि आगामी माघ महिनामा समाप्त हुँदैछ। कम्पनीले जनाएको अनुसार कुल ७६ लाख ४८ हजार कित्ता सेयरको लक–इन अवधि माघ २५ गते समाप्त हुनेछ।

यस दिनसम्म संस्थापक सेयर, स्थानीय बासिन्दालाई बाँडफाँड गरिएको सेयर तथा कर्मचारीका लागि सुरक्षित गरिएको सेयर लक–इनमा रहनेछन्। कम्पनीका अनुसार लक–इनमा रहेका सेयरमध्ये ६६ लाख कित्ता संस्थापक सेयर, १० लाख कित्ता स्थानीय बासिन्दालाई बाँडफाँड गरिएको सेयर तथा ४८ हजार कित्ता कर्मचारीका लागि सुरक्षित गरिएको सेयर रहेका छन्।

माया खोला हाईड्रोपावरले स्थानीय बासिन्दाका लागि विसं २०७९ मंसिर २३ गतेदेखि पुस १७ गतेसम्म आईपीओ निष्कासन गरेको थियो। आम सर्वसाधारण (कर्मचारी समेत) का लागि भने २०७९ माघ १३ देखि माघ १७ गतेसम्म आईपीओ निष्कासन गरिएको थियो। उक्त आईपीओको बाँडफाँड २०७९ माघ २६ गते सम्पन्न भएको थियो।

धितोपत्र दर्ता तथा निष्कासन नियमावलीअनुसार, सर्वसाधारणलाई बाँडफाँड गरिएको मितिले तीन वर्ष पूरा नभएसम्म संस्थापक, स्थानीय बासिन्दा तथा कर्मचारीलाई बाँडफाँड गरिएको सेयर बिक्री गर्न नपाइने व्यवस्था छ। साथै, कम्पनीका सञ्चालक सदस्य तथा उच्च तहका कर्मचारीहरूले पदमा रहेसम्म र पदबाट हटेपछि एक वर्षसम्म सेयर खरिद–बिक्री गर्न नपाइने प्रावधान कम्पनीले स्पष्ट पारेको छ।

 

सम्बन्धित समाचार