Logo

Oct 20 2026 | २०८३, कात्तिक ४गते

images

नेप्से दोहोरो अंकले बढ्दा, सातै समूहमा हरियाली

नेप्से दोहोरो अंकले बढ्दा, सातै समूहमा हरियाली

अर्थ प्लस
नेप्से दोहोरो अंकले बढ्दा, सातै समूहमा हरियाली

काठमाण्डौ । साताको दोस्रो कारोबार दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक दोहोरो अंकले वृद्धि भएको छ। आज नेप्से १.१० प्रतिशत अर्थात २८.७३ अंकले बढेर २,६३९.३७ विन्दुमा पुगेको छ। बलिया कम्पनीहरूको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.८२ प्रतिशतले बढ्दै ४५४.७९ विन्दुमा पुगेको छ।

आजको कारोबारमा ३३५ वटा स्क्रिप्टका १ करोड २४ लाख ५९ हजार ९५१ कित्ता सेयर किनबेच भई ६ अर्ब ४७ करोड ३७ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ। अघिल्लो दिनको कारोबार ५ अर्ब १ करोड ७५ लाख रुपैयाँभन्दा बढी रहेको थियो।

समूहगत कारोबार

आज नेप्सेमा सूचीकृत १३ वटै समूहमा हरियाली देखियो।

  • उत्पादन तथा प्रशोधन समूह सर्वाधिक ३.०५ प्रतिशतले बढ्यो।

  • विकास बैंक २.७० प्रतिशत, होटल २.५३ प्रतिशत, हाईड्रो १.४४ प्रतिशत, लगानी १.२३ प्रतिशतले बढे।

  • बैंकिङ ०.६५, फाइनान्स ०.८३, जीवन बीमा ०.४९, लघुवित्त ०.५३, म्युचुअल फण्ड ०.४३, निर्जीवन ०.४२, अन्य ०.७८ र व्यापार समूह ०.२२ प्रतिशतले वृद्धि भए।

धेरै कारोबार गर्ने कम्पनीहरू

  • शिवम् सिमेन्ट: ३८ करोड ६९ लाख रुपैयाँभन्दा बढी

  • बन्दीपुर केवलकार: २० करोड ९१ लाख रुपैयाँ

  • एसवाई प्यानल नेपाल: १७ करोड ५१ लाख रुपैयाँ

  • श्रीनगर एग्रीटेक: १६ करोड १४ लाख रुपैयाँ

  • सागर डिस्टिलरी: १५ करोड ६८ लाख रुपैयाँ

धेरै कमाउने र गुमाउने कम्पनीहरू

आज ७ वटा कम्पनीको सेयरमूल्यमा अपर सर्किट लाग्यो।

  • सागर डिस्टिलरी, एसवाई प्यानल, श्रीनगर एग्रीटेक, बन्दिपुर केवलकार, रुरु जलविद्युत, बाराही हाईड्रोपावर र दरमखोला हाईड्रो इनर्जीको मूल्य अपर सर्किटमा पुगे।

  • हिमस्टार उर्जा कम्पनीको मूल्य ८.५४ प्रतिशत, नारायणी डेभलपमेन्ट बैंकको ८.५३ प्रतिशत र ट्रेड टावरको ८.४८ प्रतिशतले बढ्यो।

  • सप्तकोशी डेभलपमेन्ट बैंकको सेयरमूल्य भने सर्वाधिक २.४९ प्रतिशतले घट्यो।

सम्बन्धित समाचार