Logo

Oct 20 2026 | २०८३, कात्तिक ४गते

images

नेपाल लाइफ समृद्धि लगानी योजना माघ ४ गतेदेखि निष्कासन, १६ करोड इकाई बिक्रीमा

नेपाल लाइफ समृद्धि लगानी योजना माघ ४ गतेदेखि निष्कासन, १६ करोड इकाई बिक्रीमा

अर्थ प्लस
नेपाल लाइफ समृद्धि लगानी योजना माघ ४ गतेदेखि निष्कासन, १६ करोड इकाई बिक्रीमा

काठमाडौं। नेपाल लाइफ इन्स्योरेन्स प्रवर्द्धक र नेपाल लाइफ क्यापिटल व्यवस्थापक रहेको नेपाल लाइफ म्युचुअल फण्ड अन्तर्गतको नेपाल लाइफ समृद्धि लगानी योजना माघ ४ गतेदेखि निष्कासनमा आउने भएको छ।

यस योजना अन्तर्गत प्रति इकाई १० रुपैयाँका दरले कुल १६ करोड इकाई बिक्रीमा आउनेछ। जसमध्ये २ करोड ४० लाख इकाई (कुल बिक्रीको न्यूनतम १५ प्रतिशत) सुरक्षित गरिनेछ। नेपाल लाइफ इन्स्योरेन्सले १४ प्रतिशत अर्थात् २ करोड २४ लाख इकाई सुरक्षित गर्नेछ भने नेपाल लाइफ क्यापिटलले १ प्रतिशत अर्थात् १६ लाख इकाई सुरक्षित गर्नेछ। बाँकी १३ करोड १६ लाख इकाई सर्वसाधारणका लागि खुला गरिनेछ।

निवेशकर्ताले आवेदन गर्दा न्यूनतम १०० इकाई र अधिकतम १ करोड ६० लाख इकाईसम्म माग गर्न सक्ने व्यवस्था गरिएको छ। निष्कासन बन्द छिटोमा माघ ८ गते र ढिलोमा माघ १८ गते हुनेछ।

यो बन्दमुखी प्रकृतिको योजना हो जसको अवधि १० वर्ष रहनेछ। अवधि पूरा भएपछि योजनाको सम्पत्तिलाई नगदमा परिणत गरी इकाईधनीहरूलाई समानुपातिक हिसाबले बाँडफाँड गरिनेछ। साथै, यो इकाई नेप्सेमा सूचिकृत भई कारोबारमा आउने व्यवस्था गरिएको छ।

सम्बन्धित समाचार