Logo

Oct 20 2026 | २०८३, कात्तिक ४गते

images

खाद्यले किन्यो लक्ष्यको ७३ प्रतिशत धान

खाद्यले किन्यो लक्ष्यको ७३ प्रतिशत धान

अर्थ प्लस
खाद्यले किन्यो लक्ष्यको ७३ प्रतिशत धान

काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले लक्ष्यको ७३ प्रतिशत धान खरिद गरेको छ ।

यो वर्ष १ लाख ९० हजार क्विन्टल धान खरिद गर्ने लक्ष्य लिएकोमा हालसम्म १ लाख ३२ हजार क्विन्टल धान खरिद गरेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत रमेश आचार्यले जानकारी दिएका छन् । 

४५ करोड ६१ लाख ५० हजार रुपैयाँ बराबरको १ लाख ३२  हजार क्विन्टल धान खरिद भएको छ । 

खाद्य तथा व्यापार कम्पनी लिमिटेडले सरकारले तोकेको न्यूनतम समर्थन मूल्यअनुसार मोटा धान ३ हजार ४६३ रुपैयाँ प्रतिक्विन्टल र मध्यम धानको ३ हजार ६२८ रुपैयाँ प्रतिक्विन्टलमा खरिद गरेको हो । 

सम्बन्धित समाचार