काठमाडौँ / नेपाल राष्ट्र बैंकले आज सोमवारको विदेशी मुद्रा बिक्री विनिमयदर प्रकाशित गरेको छ । जसअनुसार आज अमेरिकी एक डलरको खरिदमा १५१ रुपैयाँ ६४ पैसा र बिक्रीमा १५२ रुपैयाँ २४ पैसा तोकिएको छ ।
यसैगरी, युरोपियन युरो एकको खरिद मूल्य १७० रुपैयाँ ४४ पैसा र बिक्री मूल्य १७१ रुपैयाँ ११ पैसा र युके पाउन्ड स्टर्लिङ एकको खरिदमा २०२ रुपैइाँ १२ पैसा र बिक्रीमा २०२ रुपैयाँ ९२ पैसा कायम गरिएको छ ।
त्यस्तै, अष्ट्रेलियन डलर एकको खरिददर १०५ रुपैयाँ ३४ पैसा र बिक्रीदर १०५ रुपैयाँ ७६ पैसा, क्यानेडियन डलर एकको खरिददर ११८ रुपैयाँ ५० पैसा र बिक्रीदर ११८ रुपैयाँ ९७ पैसा, जापानिज येन १० को खरिद मूल्य ९ रुपैयाँ ६० पैसा र बिक्री मूल्य ९ रुपैयाँ ६३ पैसा तोकिएको छ ।
यसैगरी, चाइनिज युवान एकको खरिदमा २२ रुपैयाँ ६८ पैसा र बिक्रीमा २२ रुपैयाँ ७७ पैसा, साउदी अरेवियन रियाल एकको खरिदमा ४० रुपैयाँ ४१ पैसा र बिक्रीदर ४० रुपैयाँ ५७ पैसा, कतारी रियाल एकको खरिद मूल्य ४१ रुपैयाँ ६२ पैसा र बिक्री मूल्य ४१ रुपैयाँ ७८ पैसा र साउथ कोरियन वन १०० को खरिदमा ११ रुपैयाँ ३६ पैसा र बिक्रीमा ११ रुपैयाँ ४१ पैसा कायम गरिएको छ ।
विस्तृत तालिकामा हेर्नुस्

